मकवानपुरको जंगलमा युवाहरुलाई निर्देशन दिदै वैद्यले भने, ‘सीमा रक्षाका लागि लड्न तयार हुनुस्'(फोटोफिचर)

 काठमाडौँ फागुन २९-नेकपा क्रान्तिकारी माओवादीले आफ्ना युवाहरुलाई मकवानपुरको जंगलमा भेला पार्दै राष्ट्रियताका निम्ति लड्न निर्देशन दिएको छ ।३ प्रदेशका क्रान्तिकारी माओवादीका युवाहरुलाई मकवानपुरको जंगलमा भेला भएका युवाहरुलाई पार्टी महासचिव मोहन वैद्य किरणले यस्ताे निर्देशन दिएका हुन् ।महासचिव वैद्यले भारतीय विस्तारवादले सीमा मिच्दा देशका ठूला दलका नेताहरू चुइक्क समेत नबाेलेकाे भन्दै त्यही पार्टीका नेताहरू सत्ता बाहिर रहँदा चर्का राष्ट्रवादकाे नारा लगाएकाे बताए ।

‘पकैयालगायतका स्थानमा भारतीय विस्तारवादले सीमा मिच्दा चुइक्क नबोल्नेले राष्ट्रिय स्वाधीनताको रक्षा गर्छन् ? झण्डै एक करोड नेपाली विदेशिएका छन् । रोजगार दिन सक्छन् ? आयातलाई प्रतिस्थापन गर्न सक्छन् ?’ वैद्यले भने, ‘देशलाई आर्थिक रुपले आत्मनिर्भर बनाउन सक्छन् ? सक्दैनन् ? प्रधानमन्त्री नहुँदै मोदीसँगको मन्त्रणा, कानेसुखी, स्वराजसँग गरेको कुराहरु के हो ?’

 

वैद्यले देशमा आर्थिक समृद्धि र स्थायित्वको विकास गर्न भारतसँग गरिएका सन् पचास लगायतका असमान सन्धिसम्झौताहरु खारेज गर्नुपर्ने, मिचिएका भूभागलाई फिर्ता गर्नुपर्ने र त्यसका लागि राष्ट्रियताका संघर्ष अावश्यक भएकाे बताए ।

मकवानपुरको जंगलमा युवाहरुलाई वैद्यकाे निर्देशन

मकवानपुरको जंगलमा युवाहरुलाई वैद्यकाे निर्देशन

 
 

продвижения сайтастоимостьплатное продвижение на видео youtubesbupподбор семантического ядра для сайтаlake baikal frozen bubbles

Leave a Reply

Your email address will not be published. Required fields are marked *