काठमाडौँ फागुन २९-त्रिभुवन विमानस्थलमा भएको युएस–बंगलाको विमान दुर्घटनाबारे जानकारी लिन बंगलादेशका नागरिक उड्डयन तथा पर्यटन मन्त्रीसहितको टोली काठमाडौँ आउँदै छ।

 सोमबार त्रिभुवन विमानस्थलमा युएस–बंगला एयरको विमान दुर्घटना हुँदा ४९ जनाको ज्यान जानुका साथै २२ जना घाइते भएका थिए। यसैका बारेमा जानकारी लिन बंगलादेशका नागरिक उड्डयान मन्त्री एकेएम शाहजान र पराराष्ट्र राज्यमन्त्री शाहरिर अलामसहितको एक उच्चस्तरीय मंगलबार काठमाडौँ आउन लागेको त्रिभुवन विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले नेपाल खबरलाई जानकारी दिए।

मंगलमा मध्यान्न साढे १२ बजे उक्त टोली नेपाल प्रस्थान गरिसकेको उनले जानकारी दिए।

बंगलादेशका प्रधानमन्त्रीको निर्देशनमा आउन लागेको उक्त टोलीले दुर्घटनाका घाइतेको उपचार तथा मृत्यु भएकाहरुको बारेमा औपचारिक जानकारी लिने बताइएको छ।

त्यस्तै दुर्घटनाका कारणबारे त्रिभुवान विमानस्थलका अधिकारीहरुसँग समेत उनीहरुले छलफल गर्ने कार्यक्रम रहेको महाप्रवन्धक क्षेत्रीले बताए।

redwolf arisoftseoиза шенгенскаяинтернет магазин спортивный костюм украинапроверить тиц пр сайтасоздание сайта визитки цена