काठमाडौं फागुन २९-झापाको बिर्तामोडका सुन व्यवसायी साजन मुखियाको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । यद्यपि, प्रहरीले अहिलेसम्म उनीहरुलाई सार्वजनिक गरेको छैन । प्रहरी स्रोतका अनुसार बिर्तामोडस्थित ऋद्धिशिद्धी ज्वेलर्सका सञ्चालक पारस देव सहित माओवादीका पूर्व लडाकु प्रकाश ओली र अर्का एक व्यक्ति रहेका छन् । माओवादीका पूर्व लडाकु पाँचथरको फिदिमबाट गएराति पक्रउ परेका हुन् भने अर्का एक व्यक्ति सुनसरीको इटहरीबाट पक्राउ परेका हुन् ।byabasaiya_tapaikokhabarगत फागुन २० गतेदेखि वेपत्ता बनेका मुखियाको धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा सोमवार शव फेला परेको थियो । उनको शव इलामको रोङ गाउँपालिका–३ कोल्बुङ (मेची राजमार्गको लसुने– अर्यालचोक सडकखण्डको जमुने डाँडा)मा सडकबाट करिब २० फिट तल जुटको बोरामा राखेर फालिएको अवस्थामा भेटिएको थियो । प्रहरीले तीनजनाबारे केही सोधपुछ गरेपछि सार्वजनिक गर्ने तयारी छ ।

танцы для детей 6 летстатистика запросов на гуглghjldb;tybt cfqnjdgoogle adwordtrans siberian train tourстоматология зуб