काठमाडौं फागुन २९-राष्ट्रपति निर्वाचन चल्दै गर्दा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन्। पराजय निश्चित भएपनि राष्ट्रपति निर्वाचनमा कांग्रेसले भोजपुरकी कुमारी लक्ष्मी राईलाई उम्मेदवार बनाएको छ।
राष्ट्रपति निर्वाचनमा मतदान गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा

राष्ट्रपति निर्वाचनमा मतदान गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा
प्रबिन कोइराला
 ‘उहाँ (राष्ट्रपति भण्डारी) सबैको राष्ट्रपति हुनुपर्छ भनाइबाट मात्र होइन कामबाट देखिनुपर्छ’ मतदानपछि कांग्रेस नेता प्रकाशमान सिंहले सञ्चारकर्मीहरुसँग भने, ‘अघिल्लोपटक उहाँले तटस्थ भुमिका नखेलेको अनुभूति हामीलाई भएको छ।’

कांग्रेस महामन्त्री शशांक कोइरालालेपनि राष्ट्रपति भण्डारीको भूमिकाप्रति असन्तुष्ट भएकैले कांग्रेसले उम्मेदवार खडा गरेको बताइसकेका छन्। कोइरालाको कथन थियो, ‘राष्ट्रपतिको भुमिकाका विषयमा प्रश्न उठेरै हामीले उम्मेद्वारी दिएको हौं। अब भण्डारीलाई दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रप्रतिको भुमिका निर्वाह गर्न आग्रह गर्छु।’

राष्ट्रपति निर्वाचनमा सभापति शेरबहादुर देउवाले मतदान गरिसकेका छन्।

 

купить statisticaлучшеrybalkaпродвижение сайта статьями и как правильно написатьзакрывающий robots txtdeeo