राजेन्द्र महतो भन्छन्, ‘सरकारमा जाने विषयमा अझै निर्णय भएको छैन’

 काठमाडौं फागुन २९-प्रदेश–२ मा वामगठबन्धनले फोरम–राजपा गठबन्धनका मुख्यमन्त्री लालबाबु राउतको पक्षमा मतदान गरेकाले आफूहरुले विद्यादेवी भण्डारीको पक्षमा मतदान गरेको राजपा नेता राजेन्द्र महतो बताएका छन्।

राजपा अध्यक्ष मण्डलका नेताहरु    राजपा अध्यक्ष मण्डलका नेताहरुफाइल फोटो
भण्डारीको पक्षमा मतदान गरेपछि राजपा अध्यक्ष मण्डलका सदस्य महतोले भने, प्रदेश–२ मा वाम गठवन्धनले बिनाशर्त हामीलाई मत हाल्यो, त्यसैले हामीले पनि भण्डारीको पक्षमा मतदान गरेका हौं।’

प्रदेश–२ मा वामगठबन्धनको मत पाउनु नै राष्ट्रपति निर्वाचनमा राजपाले एमाले उम्मेदवार भण्डारीको पक्षमा मतदान गर्नुको प्रमुख कारण रहेको बताएका महतोले राजपा सरकारमा सहभागी हुने नहुने टुङ्गो नलागेको बताए।

‘सरकारका विषयमा वामगठबन्धनसँग हाम्रो गम्भीरतापूर्वक छलफल भएको छैन’ महताले भने, ‘तर प्रधानमन्त्री ओलीले सरकारमा सहभागी हुन राजपा संयोजक सम्योजक महन्थ ठाकुरसँग प्रस्ताव राख्नुभएको छ।’

सरकारमा जाने विषयमा राजपा नकरात्मक नहेको पनि महतोले बताए। राष्ट्रपति निर्वाचन स्थल संसद परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘कुरा मिलेछ भने सरकारमा जाने विषयमा सोचौंला।’

ठाकुरले पनि सरकारमा जानका लागि प्रधानमन्त्रीबाट औपचारिक प्रस्ताव आएको बताए। उनले भने, ‘प्रस्तावपछि कुनै छलफल हुन सकेको छैन। त्यसैले, सरकारमा जाने, नजाने विषयमा कुनै टुङ्गो लागेको छैन।’ 

малышей английскийpeteлидов.рф разводпартнерская программа магазиналица вкчто такое уникальный посетитель сайта