काठमाडौँ फागुन २८-यूएस बंगलाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुगेको प्रहरीले पुष्टि गरेको छ । ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो ।

बंगलादेशबाट काठमाडौंका लागि उडेको युएस बंगला विमान पहिलोपटक नेपाल आएको होइन, यो काठमाडौंका लागि नियमित उडान भर्दै आएको विमान हो । यसमा रहेका चालक दलका सदस्यहरु काठमाडौं विमानस्थलका बारेमा नयाँ नभएर पुरानै अनुभवी हुन् ।

ती विज्ञका अनुसार विमान दुर्घटनासँग सम्बन्धित केही तथ्यहरु यस्ता छन्ः

तथ्य एकः रनवे ०२ को साटो २० !

अन्तरराष्ट्रिय उडान भर्ने विमानहरु एयरपोर्टमा अवतरण हुँदा ०२ नम्बरको मार्ग प्रयोग गरेर ल्याण्ड हुने गर्छन् । तर, यो विमान भने ०२ को साटो २० नम्बरबाट ल्याण्ड हुन खोजेको देखिन्छ ।

तथ्य २- पाइलटले जोगाए पार्किङको ठूलो क्षति

Bangla Bimal Accident-TAPAIKOKHABARविमान ल्याण्ड गर्ने क्रममा नेपाल एयरलाइन्सको ह्याङगरमा ठोकिन लागेको र रन वेको सेन्टरमा ल्याण्ड भएको भए पनि विमान चालकले पार्किङमा रहेका विमानतर्फ ठोक्किनबाट विमानलाई जोगाएको विमानस्थलका कर्मचारी बताउँछन् ।

तथ्य तीन- दमकलभन्दा सेना छिटो !

हुन त विमानस्थलका अधिकारीहरुले मिडियालाई दिएको प्रतिक्रियामा कन्ट्रोल रुमले दिएको निर्देशन चालकहरुले नमानेर गलत रनवे पक्डिँदा विमान दुर्घटना भएको दाबी गरिएको छ । यसबारे वास्तविकता खुल्दै जाला । तर, यतिमात्रै भनेर विमानस्थल प्रशासन जोगिने स्थिति देखिँदैन ।

किनभने प्रत्यक्षदर्शीका अनुसार विमानका आगो लागेको ठाउँमा तत्कालै पुग्नुपर्ने दमकलहरु नेपाली सेनाका उद्धारकर्मी पुगेपछि मात्रै पुगेका थिए । आगो निभाउने यन्त्रहरु करिब १० मिने पछि मात्रै त्यहाँ पुगेको प्रत्यक्षदर्शीको दाबी छ ।

что такоевнжиндексация сайтаконтекстно-медийнаялобановский александр биографияfn herstal columbia sc