काठमाडौं : यसअघि चर्चामा मात्र सिमित भएको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण यसपटक सार्थक हुने देखिएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङ आगामी मार्चमा नेपाल भ्रमणमा आउने भएका छन् । त्यसका लागि तयारी सुरु भएको छ ।

अघिल्लो पटक चर्चा मात्र भएको तर यो पटक भने उनले नेपाल भ्रमणलाई आफ्नो कार्यतालिकाभित्र राखेको खुलासा भएको छ । सीको नेपाल भ्रमण तयारी राष्ट्रपति कार्यालयले सुरु गरिसकेको स्रोतको भनाइ छ।

यसअघि एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारका बेला राष्ट्रपति सीको भ्रमण तयारी भए पनि त्यसबेला नेपालमा सरकार परिवर्तनलगायत राजनीतिक अस्थिरताका कारण उनको भ्रमण स्थगित भएको थियो ।

चुनावपछि नयाँ सरकार बन्न लागेको र संविधान जारी भएपछिको पहिलो आम चुनाव भएकाले अब राष्टङपति सी नेपाल आउन चाहेका हुन् । चुनावको मतपरिणाम अनुसार वामपन्थी शक्तिको बहुमतीय सरकार बन्ने भएपछि सीले नेपाल आउने चाहना व्यक्त गरेका हुन्।

चिनियाँ कम्युनिस्ट पार्टीको कात्तिकमा सम्पन्न सम्मेलनले सीलाई दोस्रो कार्यकालका लागि राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टीको महासचिव चयन गरेपछि उनी अहिले चीनमा माओपछिकै शक्तिशाली नेताका रूपमा चिनिएका छन् । उनको भ्रमणक्रममा केरुङ(रसुवागढी(काठमाडौं रेलमार्ग विस्तार गर्ने, तेल पाइपलाइन जोड्नेलगायत महत्वपूर्ण सम्झौताको तयारी भइरहेको स्रोतले जानकारी दिएको छ ।контекстная реклама примерсайтanalysisпродвижение сайтовкак сохранить молодость кожи после 35наствольный хронограф для пневматики