राष्ट्रियसभा अध्यक्षको मनोनयन दर्ता आज

काठमाडौं, २८ फागुन – राष्ट्रियसभा अध्यक्षका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । आउँदो फागुन ३० गते हुने निर्वाचनका लागि संसद भवन नयाँ वानेश्वरमा बिहान १० देखि १ बजेसम्म उम्मेदवारी दर्ताको समय दिइएको छ ।

उम्मेदवारमाथिको दाबीविरोधपछि दिउँसो १ः३० बजे अन्तिम नामावली प्रकाशन गरिने संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले जानकारी दिनुभयो । राष्ट्रियसभामा एमालेका २९, कांग्रेस र माओवादीका समान १३ तथा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका दुई दुई गरी ५९ सदस्य रहेका छन् ।

उम्मेदवार टुंग्याउदै एमाले
राष्ट्रियसभा अध्यक्षको उम्मेदवार टुंग्याउन नेकपा एमालेले स्थायी कमिटि बैठक बसिरहेको छ । आकांक्षी धेरै देखिएपछि बैठकबाट सहमतिको प्रयास गरिएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराइले जानकारी दिनुभयो । उहाँका अनुसार मनोनयन दर्ता हुनुअघि स्थायी कमिटि बैठकले उम्मेदवारको टुंगो लगाउने छ ।

सत्तारुढ दल एमाले र माओवादीबीच भएको सहमति अनुसार राष्ट्रियसभाको अध्यक्ष एमालेको भागमा परेको छ । राष्ट्रियसभाको अध्यक्षका लागि एमालेबाट परशुराम मेघी गुरुङ, गणेश तिमल्सिना, सुमन प्याकुरेल, बलराम बास्कोटा, खिमलाल भट्टराई र शेरबहादुर कुँवरलगायतको नाम चर्चामा छ ।

यसैबीच, उम्मेदवारी दिने-नदिनेबारे छलफल गर्न नेपाली कांग्रेसले पनि अनौपचारिक बैठक पनि बस्दैछ । शीर्ष नेताहरु सम्मिलित बैठकले उम्मेदवार उठाउने-नउठाउनेबारे निर्णय गर्ने प्रपक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

кампания этоb2bloggerdmoz каталогдобавитьwww.segodnya.uadab multiinoxкак сделать тональный крем светлее

Leave a Reply

Your email address will not be published. Required fields are marked *