पुस  ४– पार्टी हेडक्वार्टरले एमालेसँगको एकता र सरकार गठनलाई सँगसँगै अघि बढाउने निर्णय गरेकै बेला माओवादी केन्द्रभित्र भने एकताको विषयलाई लिएर चरम असन्तुष्टि बढेको छ ।

असन्तुष्ट समूहले भरसक एकता प्रयास विफल पार्ने वा नसके पार्टी एकताको विरोध गर्दै बाहिरै बस्ने रणनीति लिएको छ । एकता विरोधीको समेत दुई खेमा छ । एक खेमाको नेतृत्व गोपाल किराती र अर्को खेमाको नेतृत्व विश्वभक्त दुलाल ‘आहूति’ ले गरेका छन् । पार्टी एकता गर्न नहुने भन्ने तर्क पनि दुई नेताको फरक–फरक छ । किरातीले एमालेसँग एकताको कुरा गर्दा नेतृत्वले माओवाद र पहिचानको मुद्दा अलपत्र पारेर एमालेमा समाहित हुन खोजेको आरोप लगाएका छन् । आहूतिले भने माओवादी एमालेमा मिसिनुलाई ‘परम्परागत संसदीय भासमा फस्नु’ भएको तर्क गर्दै एकता प्रयासबारे विमति राख्दै आएका छन् ।

 

किराती पूर्वमा सशस्त्र संघर्ष गरेको तत्कालिन किरात वक्र्स पार्टी र आहूति नारायणकाजी श्रेष्ठ नेतृत्वको तत्कालिन एकता–केन्द्र मसालसँगै पार्टी एकतामा आएका हुन् । किरातीमाथि अतिजातिवादीको आरोप लाग्दै आएको छ । तर, किराती त्यसलाई अस्वीकार गर्छन् । उनले आफूले उठाएको पहिचानको मुद्धा विगतमा पार्टीले लिएको ‘अफिसियल’ धारणा भएकाले आफूलाई जातिवादी भन्न नमिल्ने बताए । तत्कालिन नेकपा माओवादीले वर्गीय मुक्तिसँगै जातीय मुक्तिको नारा दिएकाले विचार मिलेका कारण माओवादी आन्दोलनमा समाहित भएको तर्क किरातीको छ ।

 

किरातीले एमालेसँग चुनावी तालमेल र पार्टी एकताको घोषणा भएलगत्तै माओवादी केन्द्र पुनगर्ठन गर्ने भन्दै विज्ञप्ति नै जारी गरेका थिए । त्यतिबेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताले माक्र्सवाद र पहिचानको मुद्दा नछाडेको बताएपछि उनी फकिएका थिए । यद्यपि पछिल्लो समय उनी पार्टीको सक्रिय गतिविधिमा छैनन् । सोमबार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि पहिलोपटक पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको केन्द्रीय कार्यालयको बैठकमा समेत किराती गएनन् ।

 

आहूति माओवादीमा माक्र्सवादको गहिरो शास्त्रीय अध्ययन गरेका वैचारिक नेता हुन् । उनले वषौंदेखि आदरपूर्वक नेता मान्दै आएका नारायणकाजी श्रेष्ठ भने पार्टी एकताका सूत्राधार बनेका छन् । श्रेष्ठ कुनै हालतमा एकता भाँडिन नहुने भन्दै गोरखा–२ बाट निर्वाचनमा पराजित भएपछि पनि एकता प्रयासलाई सार्थक निस्कर्षमा पु-याउन सक्रिय भएका छन् ।

आफूहरुको असहमतिबीच पार्टी एकता भए त्यसमा सहभागी नहुने निस्कर्षमा किराती र आहूति पुगेका छन् । तर, एकता गर्न नहुने फरकफरक कारण औंल्याएका उनीहरु एक हुने सम्भावना भने कमै छ । दुवै नेताले आफूसँग समान धारणा राख्ने पार्टी नेता कार्यकर्तासँगको छलफल तीव्र पारेका छन् ।in goldenпосещаемостьвойтипермь в контактерасширительный бачок на отоплениеtrans siberian railroad scenery