पुष ३ काठमाडौँ

माओवादी केन्द्रले वरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ लाई राष्ट्रपति उम्मेदवार बनाउने भएको छ । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने करिब पक्का भएपछि माओवादीका भागमा राष्ट्रपति र सभामुख परेको हो ।

 

सभामुखमा कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, अग्नि सापकोटा, हरिबोल गजुरेल र निवर्तमान सभामुख ओनसरी घर्तीमगर लगायतको दाबी रहे पनि बादल भने माओवादीभित्र राष्ट्रपतिका एक्ला उम्मेदवार हुन् । चितवन–२ बाट प्रतिनिधिसभा उम्मेदवार बन्ने सोचमा रहेका बादललाई चितवन–३ मा उम्मेदवारी दिएका प्रचण्ड कमजोर हुने ठानेर माओवादीले ब्याक गराएको थियो ।

एक स्रोतका अनुसार एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाल समेत बादलको नाममा सहमत देखिएका छन् । अर्का वरिष्ठ नेता झलनाथ खनालले भने आफैं हुन चाहेका छन् ।

बादललाई राष्ट्रपतिको उम्मेदवार बनाउने करिब पक्का भएको छ, माओवादीका एक कार्यालय सदस्यले भने, ‘एमाले पनि उहाँको नाममा सहमत छ ।

huben airостребованыпоисковыхвиза центрдоминикана экскурсииonly sex com