आज मोरङको बिराट मेडिकल कलेजको आकस्मिक कक्षमा डा. सुदिप रेग्मी र एच.ए निर्दोष बस्नेतमाथी ५-६ जनाको समुहले हातपात गर्यो, नर्सहरु सङ दुव्र्यवहार गर्यो । कोभिडको यस्तो संबेदनसिल समयमा समेत डाक्टरमाथीको आक्रमण रोकिएन। कस्तो बहादुरी? तिम्रो निशानामा सधैं डाक्टर-नर्सनै किन?
बिरामीका आफन्तको यस्ता घिणित कार्यले दिनरात नागरिकको स्वास्थ्यमा आफ्नो ज्यानकै बाजि थापेर, न भोग न तिर्खा भनी जिम्मेवारीमा निरन्तर  खटिरहेका हजारौं स्वास्थ्यकर्मीहरु को मनोबल गिराउने काम गर्दछ।
कोरोना महामारीको यस्तो परिस्थितिमा बिना कुनै सुविधा जेठ- बैशाखको गर्मीमा  पिपिइ , माक्स र ग्लोबसकै भरमा बिरामिको सेवामा २४ घण्टा खटिने कैयौं स्वास्थ्यकर्मी तपाईं हाम्रो उपचारमा खटिदा खटिदै आफै संक्रमीत भइरहेका छन।
अस्ति भर्खर नेपालगन्जमा एक जना डाक्टरले आफू कोभिड संक्रमीत हुदा पनि सलाइन लगाएरै बिरामीको उपचारमा खटिएको मैले बिर्सेको छैन। १८-२० घण्टाको डिउटी सकेर टेबुल कुर्मी मेचमै निदाउन बाध्य ती नर्सलाई कसरी बिर्सिन सकिन्छ र!
ती डाक्टरको पनि त परिवार होलान, बाल बच्चा होलान। तिनिहरुलाई पनि त घर परिवार सङै बस्न मन छैन होला र? तपाई हाम्रै सेवामा खटिने तिनै डाक्टर नर्सलाई लखेटी लेखेटी कुटेको भिडियो तिनका परिवारले देखे कस्तो होला। सोच्नुस त।
कोभिड-१९ को महामारीले देशभर बेड तथा अक्सिजनको अभाव छ, स्वास्थ्यकर्मिको अभाव खट्किसकेको छ। येस्तो बेला डाक्टर र नर्शलाई हौसला दिएर उच्च मनोबलका साथ काम गर्ने बाताबरण   बनाउनु  हामी सबैको कर्तव्य हो। यसरी अस्पतालमा तोडफोड, डाक्टर  माथी हातपात गर्दै गयौं भने भोलि अस्पतालमा कोहि डाक्टर जान्छ काम गर्न? के होला त्यो अवस्था? हामीले कहिले सोचेका छौँ ? यदि डाक्टर-नर्स माथि यसप्रकारको हमला भइरहन्छ, ज्यानै जोखिममा पारिन्छ भने भोलि आफ्नै आँखा अगाडि स्वास्थ्यकर्मीको अभावले आफन्तको मृत्युबरण गरेको देख्नु पर्ने बिकराल स्थिती नआउला भन्न सकिदैन। बेलैमा सचेत हौं।
दर्शन राज पाण्डे
खाडाचक्र नगरपालिका-२ कालिकोट।
हाल एमबिबिएस अध्यनरत
पाटन अस्पताल,ललितपुर।