बिप्लप माओवादीले देशैभरिका जनप्रतिनिधिहरुको राजिनामा माग्यो

 

संसदीय व्यवस्थाको विकल्पमा नयाँ जनवादी सत्ताको अभ्यासमा रहेको बिप्लपको  जनपरिषद्ले देशका विभिन्न ठाउँमा भ्रष्टाचार, कमिसन र तस्कर गरेको भन्दै स्थानीय निकायका प्रतिनिधिहरूको राजीनामा माग गरेपछि पूरानाे सत्ताका प्रतिनिधिहरूमा खैलाबैला मच्चिएकाे छ ।नेकपाकाे अाफ्नै सत्ता मानिने जनपरिषद्ले उपत्यकालगायत देशैभरि पूरानाे सत्ताका प्रतिनिधिहरूलार्इ राजिनामा पत्र थमाउँदै राजिनामा नदिइए कार्वाही गर्ने धम्की समेत दिएपछि त झनै पूरानाे सत्ताका प्रतिनिधिबिप्लपक अातंक सिर्जना भएकाे छ ।

यसै क्रममा जनपरिषदले ललितपुरमा रहेका जनप्रतिनिहरूको राजीनामा माग गरेपछि जनप्रतिनिधिहरूमा भित्रीरूपमा खैलाबैला मच्चिएको छ । ललितपुरका एकजना वडा सदस्यले महानगरका मेयर–उपमेयर भएका र नेतासँग पहुँच भएकाहरूले मनपरी तरिकाले काम गर्दा आफूहरू हेरेको–हे¥यै भएको बताए ।एमालेको तर्फबाट वडा सदस्य बनेका उनले आफ्नो नाम उल्लेख नगर्नू भन्दै नेकपाले जनप्रतिनिधिको राजीनामा मागेको विषयमा स्थानीय निकायका प्रतिनिधिहरूबीच आन्तरिक रूपमा निकै तहल्का मच्चिएको बताउँदै कतिपयलाई कार्बाही गर्नुपर्नेसमेत बताए ।
उता जिल्ला जनपरिषद् मकवानपुरले हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको राजीनामाको माग गरेको छ ।उता शुक्रबार नेकपाका मकवानपुर इन्चार्ज वीरबहादुर घलान ‘ज्वाला’ मार्फत फेरी जनपरिषद् नेपालले मेयर महतलाई राजीनामा माग गरेको पत्र पठाएको छ । महतले हेटौँडा उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएर आएदेखि नै भ्रष्टाचार, कमिसनखोर र दलालहरूको संरक्षण गरेकोले उनको राजीनामा माग गरिएको जनपरिषद्ले जनाएको छ ।यस्तै, ओखलढुंगामा पनि स्थानीय तहका जनप्रतिनिधिहरूको राजीनामा माग गर्दै पत्र बुझाइएको छ ।
स्थानीय निकायका जनप्रतिनिधिहरूले जनतालाई विभिन्न नाममा कर लगाएको सार्वजनिक सम्पत्तिमाथि चलखेल गरेको भन्दै उनीहरूको राजीनामा मागिएको जनपरिषद् ओखलढुंगाले जनाएको छ ।जनपरिषद्ले सिद्धिचरण नगरपालिका र मानेभन्ज्याङ गाउँपालिकाका प्रमुखहरूलाई पत्र बुझाएको हो । स्थानीय निकाय गठन भएदेखि नै विभिन्न वहानामा जनतालाई चर्को कर लगाएको र विभिन्न आर्थिक चलखेलका रिपोर्टहरू आफूकहाँ आउने गरेको पनि जनसत्ताका प्रतिनिधिहरूले बताउने गरेका छन् ।

marketingтеникатушка cobraобслуживание сайтовженские ботфортыпродвижение ссылками 2017

Leave a Reply

Your email address will not be published. Required fields are marked *