माओवादीमा सबैभन्दा भाग्यमानी नेतामध्येका एक हुन् कृष्णबहादुर महरा। पाँच पटक त उनी मन्त्री नै भइसके। माओवादीले तीन पटक सरकारको नेतृत्वसमेत गरी सात वटा सरकारमा सहभागिता जनाइसकेको छ। त्यसमध्ये पाँच वटा सरकारमा मन्त्री बन्ने सौभाग्य पाएका एक मात्र माओवादी नेता महरा नै हुन्। यति धेरै अवसर पाइसकेका भए भाग्यमानीको भूतै कमारो भने जस्तै यस पटक उनले ‘सभामुख’ पाउने भएका छन्। देव गुरुङ, गिरिराजमणि पोखरेल तथा पूर्व सभामुख ओनसरी घर्तीको दावी रहे पनि प्रचण्ड निवास खुमलटारमा शुक्रबार बिहान बसेको पार्टी हेडक्वार्टरको बैठकले महरालाई उम्मेदवार बनाउने निर्णय गर्‍यो। कांग्रेसले पनि सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेकोले महरा निर्विरोध निर्वाचित हुनसक्छन्। सभामुखको चुनाव शनिबार १ बजे हुँदैछ।

सभामुख चानचुने पद भने हैन। यो मन्त्रीभन्दा वरियता क्रममा माथि रहने पद हो। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र प्रधान न्यायाधीशपछि पाँचौँ नम्बरमा सभामुखको वरियता पर्छ।

सभामुखपछि मात्रै पूर्वराष्ट्रपति, उपप्रधानमन्त्री, प्रदेश प्रमुख, मन्त्रीहरुको वरियता छ।

राष्ट्रपतिको काम पनि गर्न पाउने विशेष व्यवस्था

त्यतिमात्र हैन, नेपालको संविधानले एउटा विशेष व्यवस्था पनि गरेको छ। संविधानको धारा २८० अनुसार राष्ट्रपति र उपराष्ट्रपति दुवैको पद रिक्त भएमा अर्को राष्ट्रपति र उपराष्ट्रपतिले कार्यभार नसम्हालेम्म राष्ट्रपतिको काम सभामुखले नै गर्छन्।

тестграфичный макияжcrane stockodejdasportseo специалист резюмеseo сайт что это