कोरोना महामारीका बीच सुदूरपश्चिम प्रदेशभित्र अत्यावश्यक औषधिको िनकै अभाव भएको छ।

औषधि आपुर्तिमा ढिलाइका कारण अत्यधिक माग भएपनि औषधि पाउन मुस्कील भएकाे हो। कोरोनाले विकराल रुप लिइरहेका बेला सुदूरपश्चिम प्रदेशभित्र अत्यावश्यक औषधिको अभाव देखिएको हो।

चालु आर्थिक वर्षका लागि करिब १० करोड मुल्य बराबरको औषधि खरिद गर्ने बताइए पनि १ करोड ५० लाख मुल्य बरावरका औषधि मात्र खरिदका लागि बजेट विनियोजन हुँदा औषधि आपुर्तिमा समस्या भएको अधिकारीहरुले बताएका छन्। 

३० लाख सिटामोलसहित विभिन्न २६ प्रकारका औषधि खरिदका लागि सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रले ठेक्का सम्मझौता गरेको बताएपनि अहिलेसम्म कुनै पनि औषधिको आपुर्ति नहुँदा अभाव भइरहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रले जनाएको छ। 

सरकारी तथा निजी अस्पतालहरुमा अक्सिजनको चरम अभाव भइरहेका बेला औषधिको समेत अभाव देखिएपछि बिरामीहरुको उपचारमा समस्या भइरहेको बताइएको छ।