काठमाडौं फागुन २५-प्रधानमन्त्री केपी शर्मा ओलीको पद खारेज सहितको माग राख्दै बुधबार सर्वोच्च अदालतमा दर्ता भएको रिट निवेदनको पहिलो सुनवाई ३ नम्बर इजलासमा हुने भएको छ।

केपी शर्मा ओली केपी शर्मा ओली
शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासमा सो रिट निवेदनको पहिलो सुनवाई हुने भएको हो।

अधिवक्ता यज्ञमणि न्यौपानेले उत्प्रेषणको आदेशले प्रधानमन्त्री ओलीको पद खारेजीको माग राख्दै बुधबार रिट निवेदन दर्ता गराएका थिए। सर्वोच्चले शुक्रबार न्यायाधीश शाहीको एकल इजलासमा सुनवाईका लागि पेशी तोकेको हो।

अधिवक्ता न्यौपानेले सर्वोच्च अदालतले यसअघि राखेको धारणा विपरित ओलीले संसदकै सपद नलिई प्रधनमन्त्रीको सपथ लिएको जिकिर रिट निवेदनमा गरेका हुन्। निवेदनमा नेपालको संविधान २०७२ को धारा ७६ अनुसार मन्त्रीपरिषद् गठनको मर्म विपरित संघीय संसदको सदस्य पदको सपथ नलिदै प्रधानमन्त्रीको सपथ लिनु संविधान विपरित भएकोले खारेज गर्न माग गरेका हुन्।

9mmcarte mongoliekharkovmentsмедиаzap stun gun 950 000 voltsms beeline отправить бесплатно uzbekistan