facebook sharing button
twitter sharing button
sharethis sharing button
email sharing button
messenger sharing button

एजेन्सी । बलिउड अभिनेत्री कंगना रनावतको ट्विटर अकाउन्ट सधैंको लागि निलम्बित ९सस्पेन्ड० भएको छ।

पश्चिम बंगाल चुनाव परिणाममा ममता बनर्जीमाथि गरिएको टिप्पणीपछि कंगनाको ट्वीटर अकाउन्ट निलम्बित भएको हो । 

कंगनाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई २००० सालको सुरूको जस्तै विराट रूप लिएर पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीलाई काबूमा राख्न आग्रह गरेकी थिइन्। उनको सो विवादास्पद टिप्पणीपछि अकाउन्ट निलम्बन गर्न माग भएको थियो।

आफ्नो ट्वीटर अकाउन्ट सस्पेन्ड भएपछि रनावतले कडा प्रतिक्रिया जनाउँदै ट्वीटरले आफ्नो कुरा पुष्टि गरेको बताएकी छिन् ।

‘ट्वीटरले मेरै पक्षलाई प्रमाणित गरिदिएको छ कि ऊ अमेरिकी हो र एक गोरा व्यक्तिले जन्मजात नै गहुँगोरा व्यक्तिलाई आफ्नो दास बनाउनुलाई आफ्नो अधिकार सम्झन्छ । उसले तपाईंलाई बताउन चाहन्छ कि तपाईंले के सोच्ने। बोल्ने र गर्ने ।’ रनावतले भनिन्, ‘तर सौभाग्यले मसँग सिनेमासमेत थुप्रै प्लेटफर्म छन् जसको प्रयोग म आफ्नो आवाज उठाउनका लागि गर्न सक्छु । तर मेरो मन यो देशका ती मानिसहरुबारे दुःखी छ जसलाई यातना दिइएको छ, जसलाई दास बनाइएको छ र जसलाई हज्जारौं वर्षदेखि दबाएर राखिएको छ र अहिले पनि जसको दुःखको कुनै अन्त्य छैन ।’