२१ बैशाख  । पहिलो चरणको  निषेधाज्ञा  भोली रातिबाट सकिनै लाग्दा अब फेरि एक साता  निषेधाज्ञा थप्ने निणर्य  भएको  छ  ।  

आज बसेको  तिनै  जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।  यसभन्दा अघि बिहान  बेलुका  खोल्न दिइएको  खाद्य पसलहरु भने अब बिहान ७ देखि ९ बजेसम्म मात्र खोल्न दिइने  बैठकमा निणर्य भएको  छ  ।