काठमाडौं २१  बैशाख  ।  माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्ड र  कांग्रेसका  सभापति शेरबहादुर देउवा बिच संवाद भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेपछि  सभापति देउवा र अध्यक्ष  प्रचण्डबीच संवाद भएको हो  ।

संवाद हिजो साँझ भएको   स्रोतले जनाएको  छ । करिब २० मिनेट जति फोनबाट भएको संवादमा  ओलीले विश्वासको मत लिनुको विषयमा छलफल भएको बुझिएको  छ । फोन संवादमा अध्यक्ष  प्रचण्डले देउवालाई अविश्वासको प्रस्ताव दर्ता गर्रौ भन्दा आशंका मात्र गर्नुभयो, अब ओलीले विश्वासको मत लिएपछि हाम्रो  रणनिति के हुन्छ भनेको स्रोतले जनाएको  छ  । आज यही विष्मायमा छलफल गर्न कांग्रेसको  पदाधिकारीकोे बैठक   देउवाको निवास बुढानिलकण्ठमा सुरु भएको छ ।