बैशाख २१ – औषधि व्यवस्था विभागले कोभिड–१९ का बिरामीका लागि प्रयोग हुने औषधि रेम्डिसिभिर तोकेको भन्दा बढी मूल्यमा बेचेको पाइएमा कारवाही गर्ने जनाएको  छ । विभागका महानिर्देशक वसन्त भट्टराईले   सूचना जारी गर्दै सो औषधि बढी मूल्यमा बेचेको जनगुनासो आएकाले कारवाही गरिने जनाउनुभयो ।  उहाँले सङ्क्रमण फैलिरहेका अवस्थामा बिरामीका लागि प्रयोग हुने रेम्डिसिभिर औषधिको कृत्रिम अभाव गरेर न्यूनतम मानवीय संवेदनासमेत ख्याल नगरी अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बेच्नेलाई  कारवाही गरिने बताउनुभयो ।