लुम्बिनी प्रदेशमा राजनीतिक सरगर्मी तातेको छ । ४१ सांसदको गणना गर्दै एकल बहुमतको सरकार गठनको तयारीमा जुटेका पोखरेललाई सुरुमा सांसद विमला खत्रीले झट्का दिइन् । खत्रीले आफू नेकपा माओवादी केन्द्रमा रहने भन्दै प्रदेशसभा सचिवालयमा निवेदन दिएपछि पोखरेल ४० सांसदको समर्थनमा खुम्चिएका थिए ।

विपक्षी गठबन्धनसँग पनि ४० सांसद नै रहेको अवस्थामा संघीय सत्ताको जोडबलमा आफू नै मुख्यमन्त्री बन्ने अभियानमा रहेका पोखरेललाई अन्ततः एमालेका तीन जना सांसदले पनि साथ नदिने भएका छन ।साथ नदिनेमा कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित दुगनारायण पाण्डेय, कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी पश्चिमका अजय शाही रहेका छन ।