काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आजका लागि  मन्त्रिपरिषद् बैठक आव्हन गरेका छन् । प्रम ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बेलुका ४ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएको बालुवाटार निकट स्रोतले जनाएको छ ।

स्रोतका अनुसार आजको बैठकको एजेण्डा भने नखुलाइएपनि बढ्दो कोरोना महामारी र नियन्त्रणको उपायका बारेमा गम्भिर छलफल हुनेछ ।

केहीदिन यता भारतमा बढ्दो महामारी र सीमानाबाट लुकेर नेपाल पस्नेहरुको संख्या बढीरहँदा नेपालमा पनि महामारी तिब्र गतिमा फैलिएको र मृत्यु दर पनि बढीरहेका कारण जोखिम बढ्दो छ ।