हिजो राति आफ्नै मैदानमा सम्पन्न खेलमा रियाल मड्रिडले ओसासुनामाथि २–० गोल अन्तरको जित निकालेको छ ।सो जितमा एडर मिलिटाओ र कासेमिरोले एक एक गोलको योगदान दिए ।

ओसासुनाले रियाललाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेपनि अन्तिम २४ मिनटमा सम्हालिन नसक्दा खेल २–० ले गुमाउन पुग्यो ।