काठमाडौँ — कोरोना संक्रमित बढेर उपचार पाउनै मुस्किल परिरहेका बेला निजी अस्पताल र मेडिकल कलेजका शय्या भने खाली छन् । कोरोना उपचारमा मेडिकल कलेज र निजी अस्पतालको संरचना प्रयोग गर्नुको साटो सरकारले भने शुक्रबारै संक्रमितका लागि शय्या व्यवस्थापन गर्न नसकिने बताएको छ ।