कोरोनाका कारण बलिउड अभिनेता धर्मेन्द्र र अभिनेत्री हेमा मालिनीलाई छुटाएको छ । उनीहरु एक वर्षदेखि अलग अलग बस्दै आएका छन्। कोरोना महामारीका कारण धर्मेन्द्र मुम्बईभन्दा बाहिरको फार्महाउसमा बस्दै आएका छन् भने हेमा मुम्बईमै बस्दै आएकी छिन्। फार्म हाउसलाई बढी सुरक्षित मानेर उनी त्यहीँ बस्दै आएकामा हेमा मालिनीले भनेsL छिन् यो उनको सुरक्षाका लागि सबैभन्दा राम्रो कुरा हो । यो बेला हामी साथ रहनु भन्दा एक अर्काको स्वास्थ्यको बारेमा सोच्न जरुरत रहेको छ । आफुहरु अहिले खराब समयमा चलिरहेको पनि उनले बताएकी छिन् । धर्मेन्द्र लामो समय देखी फार्म आउसमा बस्दै आएका छन् ।

उनले फार्म हाउस बाटै सामाजिक सञ्जालमा फोटो तथा भिडिीयोहरु सार्वजनिक गरिरहेका छन् । यी दुबै जना बीच सन् १९८० मा विवाह भएको थियो। त्यसका लागि धमेन्द्रले पहिलो श्रीमती प्रकाश कौरसँग सम्बन्धविच्छेद गरेका थिए।