शुक्रबार सिंहदरबारमा बसेको बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र को बैठकले २२ वटा नाका पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो । साथै, निषेधाज्ञा लागू भएका जिल्लामा अझै  थप कडाइ गरिने भएको छ । ती जिल्लाहरुमा एक चौथाइ कर्मचारीहरु राखेर कार्यालय सञ्चालन गरिने भएको छ  ।

सरकारले क्वारेन्टाइनसहित खुला राखेका नाकाहरु काँकडभिट्टा, जोगमनी, पशुपतिनगर, भिठ्ठामोड, गौर, वीरगञ्ज, वेलहिया, कृष्णनगर, जमुनाहा, झुलाघाट, कोलुघाट, गौरीफन्टा र गड्डाचौकी रहेका छन् ।

यस्तै, बैठकले संघीय मन्त्रीलाई प्रदेश समन्वय गर्नेगरी खटाउन मन्त्रिपरिषद्मा सिफारिस पनि गरेको छ ।

साथै, बैठकले उद्योगहरुले मजदुर कर्मचारीलाई उद्योग परिसरमै राख्नुपर्ने निर्णय गरेको छ भने सार्वजनिक निर्माण कार्यहरु रोक्न पनि भनेको छ ।