संसदमा चुनावै चुनाव

काठमाडौं, २५ फागुन – चैत ५ गतेभित्र सबै निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक समय सीमाका कारण अबको डेढ सातासम्म संसद्मा नियमित रूपमा चुनाव हुने भएको छ ।

यस अवधिमा प्रतिनिधिसभामा प्रधानमन्त्रीले विश्वासको मत लिनेदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाका नेता–उपनेता चयन गर्ने कार्यसूची छ । संसद् सचिवालयले चैत ४ सम्म विभिन्न पदको चुनावी कार्यतालिका सार्वजनिक गरेको छ । संसद्का प्रवक्ता भरतराज गौतमका अनुसार प्रतिनिधिसभा सभामुखका लागि शुक्रबार उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ।

शनिबार सभामुखका लागि मतदान हुनेछ । प्रतिनिधिसभा प्रारम्भ भएको १५ दिनभित्र सभामुखको निर्वाचन गरिसक्नुपर्ने संवैधानिक बाध्यता छ । वाम गठबन्धनको बहुमत रहेकाले गठबन्धनको उम्मेदवार नै सभामुख बन्ने निश्चित छ । आजको अन्नपूर्णमा खबर छ ।

атрибут ссылки nofollowsoftware bestкак проверить ссылки обратные на сайт бесплатнороссийскогоbersa thunder 380 rear sight adjustmentрепутационный менеджмент современные подходы и технологии

Leave a Reply

Your email address will not be published. Required fields are marked *