एजेन्सी । के बाख्राले मानिसका जस्ता बच्चा जन्माएको कहिल्यै सुन्नुभएको छ ? सामाजिक संजालमा अहिले बाख्राले जन्माएको मान्छेको जस्तो बच्चाको तस्विरले निकै  हंगामा नै मच्चाएको छ । यो घटना फिलिपिन्सको हो ।

डेनिस कैरिएज नाम गरेका किसानले पालेको बाख्राले मानिसको बच्चाको जस्तै हुबहु मिल्ने अनुहार भएको बच्चा जन्माएपछि सबैतिर  यसको चर्चा सुरु भएको छ ।

उक्त बच्चालाई हेर्नेहरुको अहिले भिड नै लागेको छ । मानिसको बच्चाको जस्तो अनुहार भएपनि बाख्राको पाठाको अवस्थामा भने कुनै समस्या नरहेको बताइएको छ ।