८ बैशाख, कालिकोट । रास्कोट नगरपालिका–२ निवासी ३० वर्षीय पत्रकार विश्वानाथ सिम्खाडालाई खाँडाचक्र नपा–६ घरभई माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) का कार्यकर्ता २५ वर्षीय मनसिंह शाही र महावै गाउँपालिका–४ का २४ वर्षीय हिक्मतजंग सिंहले समाचारको विषयलाई लिएर मार्ने धम्की दिएका छन्।

देव माध्यामिक विद्यालयमा अखिल(क्रान्तिकारी) को कार्यक्रममा बालबालिका प्रयोगको विषयमा ‘जिवन र जगत पढ्ने उमेरमा लाल सलाम’ शिर्षकमा बैशाख ७ गते अनलाइन न्युज खबरमा छापिएको समाचारलाई लिएर शाही र सिंहले सोही दिन ९८४८३४८६७० नम्वरको मोवाईलवाट मार्ने धम्की दिएको पीडित पत्रकार सिम्खाडाले वताउन भएको छ।

राजधानी दैनिक,अनलाइन न्युज खवर,शिक्षा पत्रकार समुहमा कार्यरत पत्रकार सिम्खाडालाई आरोपीहरुले समाचार छापिए लगत्तै बैशाख ७ गते दिउसो ४ बजे हात खुट्टा भाच्नुका साथै दैलखका पत्रकार डेकेन्द्र थापा जस्तै हालत वनाउने धम्की दिनु भएको हो।

घटनाको नेपाल पत्रकार महासंघ जिल्ला शाखा कालिकोट र कर्णाली प्रदेश समितिले प्रेस विज्ञप्ति प्रकाशन गरी निन्दा गरेको छ। महासंघ कर्णाली प्रदेश महासचिव खगेन्द्र भट्टाराई र जिल्ला शाखा कालिकोटका अध्यक्ष भरतराज विष्टद्धारा हस्ताक्षररित छुट्टा–छुट्टा प्रेस विज्ञप्तिमा समाचारमा चित्त नवुझे कानूनि वाटो हुदै स्वतन्त्र पत्रकारलाई मार्ने धम्की दिएको घटना निन्दनीय भएको वताइएको छ। साथै घटनाका प्रेस चौतारी नेपाल कालिकोटले पनि विज्ञप्ति मार्फान निन्दा गरेको छ।

प्रेस चौतरी नेपाल कालिकोट जिल्ला कावा संयोजक रमेश सुनारद्धारा हस्तक्षरित विज्ञप्तिमा पत्रकार सिम्खाडालाई धम्कीदिनेहरुलाई कानूनी कार्वाही गर्न स्थानीय प्रशासनसँग माग गरिएको छ।