काठमाण्डौमा जारी त्रिकोणात्मक टी २० क्रिकेट श्रृंखला अन्तर्गत जारी खेलमा नेपालले नेदरल्याण्ड्ससामु २ सय ७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ६ रनको योगफल तयार पारे पछी भ्रमण टोलि नेदरल्यान्ड्सले जितका लागी २ सय ७ रनको लक्ष्य पाएको हो । नेपालका लागी विशाल योगफल तयार पार्न कुशल भुर्तेलले ६२ रनको अर्धशतकिय पारी खेले । डेब्यू सिरिजमा लगातार तेस्रो अर्धशतक प्रशार गर्दै विश्व किर्तीमान स्थापित गरेका कुशलले ४६ बलमा ८ चौका र १ छक्का सहित ६२ रन जोडे । यस्तै उप कप्तान दिपेन्द्रसिंह ऐरीले विस्पोटक ६० रनको अर्धशतकिय पारी खेले उनले ३० बलमा ३ चौका र ५ छक्का सहित ६० रन जोडेका हुन् ।

कप्तान ज्ञानेन्द्र मल्ल २० रनमा आउट हुदा कुशल मल्ल १८ रन र ओपनर आहिफ शेख डकआउट भए । करण केसी १ रनमा मैदान बाहिरिए भने सोमपाल कामी २१ रन र बिनोद भण्डारी ७ रनमा नटआउट रहे ।

नेदरल्यान्ड्सका लागी विवियन किंग्मा र कप्तान पीटर सिलारले समान २–२ विकेट हात पारे ।

यो संगै नेपालले टि २० अन्तराष्ट्रियमा दोस्रो ठुलो योगफल तयार पारेको छ । यस अघी नेपालले २०१९ डिसेम्वर ५ मा १३ औं साग खेलमा भुटानविरुद्ध घरेलु मैदानमा ३ विकेट गुमाउँदै २ सय ३६ रन बर्नाको थियो ।