काठमाडौं फागुन २४ नेपालले विश्वकप छनोट अन्तर्गतको दोस्रो खेलमा बिहीबार दिउँसो स्कटल्याण्डको सामना गर्दैछ। समूह ‘बी’मा स्कटल्याण्डले दुई खेल खेलिसक्दा उत्कृष्ट लय देखाएको छ।

नेपाली टोली

                                                         नेपाली टोली फाइल तस्बिर
सुरुवाती दुई खेलको लय कायम राखे २०१५ मा विश्वकप खेलेको स्कटल्याण्डले यसपटक पनि विश्वकपमा स्थान बनाउँने अड्कल काट्न थालिएको छ। पहिलो खेलमा बलियो मानिएको अफगानिस्तानलाई स्तब्ध गरेको स्कटल्याण्डले मंगलबार भएको दोस्रो खेलमा हङकङलाई पाखा लगाएको थियो।

सुरुवाती दुई खेल जित्दै स्कटल्याण्ड समूह ‘बी’को शीर्ष स्थानमा छ। पहिलो खेलमा आयोजक जिम्बावेविरुद्ध १ सय १६ रनको फराकिलो अन्तरले पराजित नेपाल भने अंकतालिकाको पुछारमा छ।

पाँच टोली रहेको समूहको शीर्ष तीनमा रहने टोली दोस्रोचरण(सुपरसिक्स)मा प्रवेश गर्नेछन्। समूह बीबाट स्कटल्याण्डसँगै जिम्बावे लगातार दुई खेल जित्दै अर्कोचरणमा प्रवेश गर्ने पक्का भइसकेको छ। अब अन्तिम एक स्थानका लागि नेपाल, अफगानिस्तान र हङकङबीच प्रतिस्पर्धा हुनेछ।

सुपरसिक्समा पुग्न स्कटल्याण्डविरुद्धको खेल नेपालका लागि महत्वपूर्ण छ। प्रतियोगितामा स्कटल्याण्डको उत्कृष्ट लय रोक्न नेपालका मध्यक्रम मुख्य बाधक बन्ने देखिन्छ। किनकी स्कटल्याण्डका लागि नेपाली मध्यक्रम ‘अनटेस्टेड’ छ।

पहिलो खेलमा टेस्ट राष्ट्र जिम्बावेविरुद्ध नेपाली मध्यक्रम नै चलेको थियो। जसमा चौथो नम्बरमा आएका दीपेन्द्रसिंह ऐरीले २३, छैटौं नम्बरका आरिफ सेखले ५० तथा सातौं नम्बरका रोहितकुमार पौडेल ३० रन बनाएपछि नेपालले निर्धारित ५० ओभरमा २ सय ६४ रन बनाएको थियो। जुन सम्मानजनक स्कोर हो।

सो खेलमा अर्कामध्यक्रमका ब्याट्सम्यान शरद भेषावकरले सर्वाधिक ५२ रनको अर्धशतकीय पारी खेलेका थिए। नेपालले यसअघि स्कटल्याण्डसँग तीनपटक एकदिवसीय खेल खेलेको छ। जसमा अहिलेका मध्यक्रमका शरदले मात्रै खेलेका थिए।

उनीबाहेक दीपेन्द्र, आरिफ र रोहित स्कटल्याण्डका लागि नौला तथा अनटेस्टेड हुन्। जो डिभिजन दुई देखि नै नेपालको जितमा भूमिका खेल्दै आएका छन्। उनीहरु स्कटल्याण्डविरुद्ध चल्ने हो भने नेपालले नतिजा अाफ्नो पक्षमा पार्न सक्छ।

अाइतबार स्कटल्याण्डले पहिलो खेलमा अप्रत्यासित नतिजा निकाल्दै बलियो टोली मानिएको अफगानिस्तानलाई सात विकेटको फराकिलो अन्तरले पराजित गर्यो। अफगानिस्तानलाई विश्वकपमा छनोट हुने प्रबल दाबेदार टोलीका रुपमा हेरिएको थियो। लगातार दोस्रो खेलमा जित निकाल्ने क्रममा स्कटल्याण्डले मंगलबार हङकङलार्इ ४ विकेटले पराजित गर्दै सुपरसिक्समा पुग्ने पहिलो टोली बनेको छ। 

अाइसीसीको प्रावधानअनुसार ५ टोली सहभागी समूहका शीर्ष तीन टोली सुपरसिक्समा पुग्नेछन्। सुपरसिक्समा एकअर्काको टोलीसँग खेल्दै शीर्ष दुर्इ स्थान हासिल गर्ने टोलीले २०१९ को विश्वकपमा स्थान बनाउनेछ। 

नेपालले पहिलो खेलमा आइतबार टेस्ट राष्ट्र जिम्बावेको सामना गरेको थियो। पहिलो पटक टेस्टमान्यता राष्ट्रसँग एकदिवसीय खेलेको नेपाल १ सय १६ रनले पराजित भयो। जिम्बावेले दिएको ३ सय ८१ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २ सय ६४ रनमा समेटिएको थियो। पहिलो खेलको फराकिलो हारपछि दोस्रो चरण(सुपरसिक्स)मा पुग्न नेपाललाई स्कटल्याण्डविरुद्ध जित्नैपर्ने दबाव आएको हो।

प्रतियोगितामा नेपालको लक्ष्य सुपरसिक्समा पुग्दै एकदिवसीय मान्यता पाउनु रहेको छ। सुपरसिक्समा पुग्नका लागि नेपालले बिहीबार हुने स्कटल्याण्ड सहित अफगानिस्तान र हङकङसँग हुने बाँकी तीन खेलमध्ये दुर्इमा जित हात पार्नुपर्नेछ। 

अफगानिस्तानलार्इ नेपालले अन्तिमपटक नेपाल २००४ मा मलेसियामा भएको एसीसी ट्रफी हराएको थियो । त्यसयता ५० अोभरको खेलका नतिजाहरु अफगानिस्तानले अाफ्नो पक्षमा पारेको छ। पछिल्लोपटक भने २०१४ को टी-२० विश्वकपमा नेपालले अफगानिस्तानलार्इ हराएको थियो। त्यसयता अफगानिस्तानले एकदिवसीय हुँदै टेस्ट मान्यता पाइसकेको छ।  

विगतका अाकडा हेर्दा नेपाली टोलीका लागि अफगानिस्तान भन्दा स्कटल्याण्डलार्इ हराउँन केही सहज देखिन्छ। स्कटल्यान्डले यसअघि १९९९, २००७ र २०१५ गरी तीनपटक विश्वकप खेलिसकेको छ। विश्वकपमा पुगेपनि कुनै खेल नजित्ने टोली स्कटल्याण्ड हो। २०१५ को विश्वकपको ग्रुप स्टेजमा अफगानिस्तानसँग एक विकेटको झिनो अन्तरले पराजित स्कटल्याण्डले त्यही अफगानिस्तानलाई यसपाली जारी विश्वकप छनोटको पहिलो खेलमै स्तब्ध पार्दै अाफ्नो उत्कृष्ट लय प्रस्तुत गरिसकेको छ। 

हेड टु हेड

एकदिवसीय खेलमा स्कटल्याण्ड र नेपाल अहिलेसम्म तीनपटक आमनेसामने भएका छन्। तीनैपटक नेपाल पराजित भएको छ। सन् २०१४ मा न्युजिल्यान्डमा भएको विश्वकप छनोटमा पहिलोपटक नेपाल र स्कटल्याण्ड आमने सामने भएका थिए। जसको समूह चरणमा नेपाललाई पराजित गर्दै अघि बढेको स्कटल्याण्डले सो छनोटबाट २०१५को विश्वकपमा स्थान बनाएको थियो। त्यसपछि विश्व क्रिकेट लिग च्याम्पियनसिपका दुई खेलमा नेपाल स्कटल्याण्डसँग लगातार पराजित भएको छ। पहिलो खेलमा ३ रनको झिनोअन्तरले पराजित नेपाल दोस्रो खेलमा डीएल म्याथ्थडका आधारमा ९ विकेटले पराजित भएको थियो।

विश्वकप छनोट, २०१४
स्कटल्याण्डः २४९–७ (५० ओभर)
नेपालः १५९ (४६.१ ओभर)

स्कटल्याण्ड ९० रनले विजयी

विश्व क्रिकेट लिग च्याम्पियनसिप, २०१५
स्कटल्याण्ड २३५–७ (३६ ओभर)
नेपाल २३२–५ (३६ ओभर)

स्कटल्याण्ड ३ रनले विजयी

विश्व क्रिकेट लिग च्याम्पियनसिप, २०१५
नेपाल १६७ (४९.१ ओभर)
स्कटल्याण्ड १११ (१३.१ ओभर)

डीएल म्याथडका आधारमा स्कटल्याण्ड ९ विकेटले विजयी

एकदिवसीय मान्यता पाउने सम्भावना कति? 
विश्वकप छनोटमा नेपालको पहिलो लक्ष्य सुपरसिक्समा पुग्दै एकदिवसीय मान्यता प्राप्त गर्नु हो। सुपरसिक्समा पुग्न समूह चरणका कम्तिमा दुई खेल जित्नुपर्ने अवस्थामा यदि नेपाल स्कटल्याण्ड र लगत्तै अफगानिस्तानसँग पनि पराजित भने सुपरसिक्समा पुग्ने सम्भावना सकिनेछ।

त्यसपछि नेपालले खेल्ने प्लेअफमा पहिलो खेल जितेमा शीर्ष आठ भित्र पर्दै एकदिवसीय मान्यता प्राप्त गर्नेछ। यदि त्यसमा आफू अनुकुल नतिजा नआए नेपाल पुछारको दुई टोलीमा रहँदै पुनः डिभिजन दुईमै झर्नेछ। यसअघि नामिबियामा सम्पन्न विश्वकप छनोटको शीर्ष दुईमा रहँदै नेपालले विश्वकप छनोटमा स्थान बनाएको थियो।

प्लेयर्स टू वाच

शरद भेषावकर, नेपाल

नेपालका मध्यक्रमका ब्याट्सम्यान शरद भेषावकरले यसअघि भएको पहिलो खेलमा जिम्बावेविरुद्ध नेपालका लागि सर्वाधिक रन स्कोर गरेका थिए। अर्धशतकीय पारी खेलेका शरदले सम्हालिएरको पारी अघि बढाएका छन्। ३१ वटा लिस्ट ए मान्यता प्राप्त खेल खेलिसकेका शरदले ८३७ रन बनाएका छन्। मध्यक्रममा शरद स्कटल्याण्डविरुद्ध पुन: जम्ने हो भने नेपालले खेल अाफ्नो पक्षमा पार्न सक्छ। 

कालुम म्याकलिड, स्कटल्याण्ड

पहिलो खेलमा अफगानिस्ताविरुद्ध स्टकल्याण्डले सनसनीपूर्ण ७ विकेटकाे जित निकाल्दा म्याकलिडले नटअाउट १ सय ५७ रनको पारी खेलेका थिए। उनको सम्हालिएको पारीको मदतमा स्कटल्याण्डले अफगानिस्तानले दिएको २ सय ५५ रनको लक्ष्य ४७.२ अोभरमै भेटाएको थियो। ५१ वटा एकदिवसीय अन्तराष्ट्रिय खेल खेलेका उनले १५८७ रन जोडेका छन्। लिस्ट ए मा उनले १ सय २० खेल खेलेका छन् भने २७९३ रन जोडेका छन्। उनलार्इ रोक्नु नेपालका लागि चुनौती हुनेछ।

विश्वकप छनोटमा नेपालका आगामी खेलहरुः-

नेपाल भर्सेस अफगानिस्तानः फागुन २६, दिउँसो १ बजेर १५ मिनेट, बुलावायो एथ्लेटिक्स क्लब
नेपाल भर्सेस हङकङः फागुन २८, दिउँसो १ बजेर १५ मिनेट, क्वीन्स स्पोर्टस क्लब

реклама в яндексе ценазаказатьчат на сайтниша для магазина интернет рейтинг 2018оаэ без визыприложение WPS