एजेन्सी । बलिउडका महानायक अमिताभ बच्चनको पुरा परिवार नै फिल्म उद्योगसँग जोडिएको सर्वविदितै छन् । यस्तो पृष्ठभूमिमा उनकी सानी नातिनी आराध्या बच्चन पनि भविष्यमा फिल्म उद्योगमा प्रवेश गर्ने धेरैले अड्कल काटेका छन् । आराध्याको जन्म १६ नोभेम्बर २०११ मा मुम्बईमा भएको थियो। आराध्या धीरुभाइ आम्बानी इन्टरनेशनल स्कुलमा अध्ययन गर्छिन्। यति सानै उमेरमा आराध्या करोडौं मूल्य बराबरको बंगलाको मालिक हुन्।

आराध्या जब एक वर्षकी भएकी थिइन् त्यतिबेला उनलाई अभिषेक र ऐश्वर्याले बीएमडब्ल्यू कार उपहार दिएका थिए। यो कारको मूल्य भारतमा ४० लाख पर्छ। ऐश्वर्या–अभिषेकले छोरीको दोस्रो जन्म दिनमा एक विलासी बंगला उपहार दिएका थिए। यो बंगलाको मूल्य ५४ करोड पर्छ। यो बंगला भारतमा होइन दुबईमा छ।

२०१४ मा हजुरबुवा अमिताभले नातिनीकालागि एक बंगला किनेका छन्। यो बंगलको मूल्य ६० करोड हो। यसैगरी अराध्यासँग दुई वटा कार पनि छन्। आडी कार जसको मूल्य दुई करोड र बीएमडब्ल्यू मिनी कुपर जसको मूल्य ४० लाख पर्छ।