पछिल्लोसमय विकसीत राजनीतिक घटना, आर्थिक तथा देशको समग्र अवस्थाका बारेमा प्रधानमन्त्री ओलीले नयाँ वर्षको अवसर पारेर बुधबार विहान ८ बजे सिंहदरबारबाट देशबासीलाई सम्बोधन गर्ने भएका हुन् ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले जनतालाई नयाँ वर्षको शुभकामना दिने र सरकारले हासिल गरेको उपलब्धीको बारेमा जानकारी गराउनेछन् । यसैगरी सरकारले आगामी वर्षमा गर्ने ठूला विकासका योजना,सामाजिक सुरक्षाका क्षेत्रमा गर्ने कामहरुको बारेमा पनि प्रधानमन्त्री ओलीकाे सम्बोधनमा उल्लेख गर्नेछन्।