शनिबार अपराह्न सकिएको मतगणनाबाट लोकतान्त्रिक, व्यावसायिक, श्रमजीवी पत्रकार पोख्रेल नेतृत्वको संयुक्त प्यानल विजयी बनेको हो ।

पोख्रेलले प्रगतिशील, समावेशी र राष्ट्रियता प्रतिबद्ध व्यावसायिक पत्रकार प्यानलकी प्रतिद्वन्द्वी निर्मला शर्मालाई फराकिलो मतान्तरले पराजित गरेका हुन् । पोख्रेल ५८७७ मत ल्याउँदै विजयी हुँदा शर्माले ३३२६ मत मात्र पाइन्।

कार्यसमितिमा शर्माको गठबन्धनले प्रदेश-१ को एउटा केन्द्रीय सदस्य र प्रदेश दुईको दुवै सदस्य तथा नेतृत्व जितेका छन्  भने बाँकी सबै पोख्रेल प्यानलबाट निर्वाचित भएका छन् ।यस निर्वाचनले ओलि प्यानललाइ देशैभरी बाट बढारीएको प्रेस संगठन नेपालका एक नेताले बताए ।  यस्तै, महासंघको बरिष्ठ उपाध्यक्षमा रमेश बिष्ट, समावेशी उपाध्यक्षमा उदय जिएम र महिला उपाध्यक्षमा बाला अधिकारी निर्वाचित भएका छन् । महासचिवमा रोशन पुरी विजयी भएका छन् ।

मुलुक संघीय संरचनामा गएपछि महासंघको नेतृत्व पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन गरिएको हो।  नयाँ नेतृत्वका लागि १३ हजार बढी सदस्य मतदान प्रक्रियामा सहभागी थिए ।