चनौती र अवसरको चुङ्गलमा युवा
युवाको अर्थ सत्यताको पक्षमा उभिएर असत्यमाथी बिजय प्राप्त गर्ने,भ्रस्टाचार ,ब्याभिचार ,बिकृती बिसङ्गती र कुशासन बिरुद्ध आवाज बुलन्द गर्दै अबिचलित भएर लड्ने ,सिर्जनशिल उद्द्मशिल भएर आफ्नै बुतामा लड्ने ,आफ्नै लय र कलामा आफू बाचेर अरुलाई बाच्न प्रेरित गर्ने,उत्पिडन र अन्यायका बिरुद्ध चरम हस्तक्षेप गर्दै सबै प्रकारका बिभेदजन्य व्यवहार बिरुद्ध संघर्ष गर्ने एउटा साहासिक बर्ग भनेर बुझ्दा कुनै अतिशयोक्ती पक्कै नहोला |

युवा शक्ति कुनै पनि देशको राजनैतिक¸ आर्थिक र सामाजिक परिवर्तनको संवाहक हो । यो समूह जनसङ्ख्याको सर्वाधिक सक्रिय¸ उर्जावान र गतिशिल समूह पनि हो । यो मानव संसाधन विकासको प्रमुख साधन हो । युवा राष्ट्रिय विकासका प्रमुख मानव स्रोत र साधन भएकोले यिनको विकास नभै देशको विकास असंभव छ । हरेक राजनैतिक परिवर्तनलाई संस्थागत गर्न र राष्ट्र निर्माणमा युवाहरुको महत्वपूर्ण भूमिका रहेको हुन्छ । युवा जनशक्तिको सङ्ख्यात्मक तथा गुणात्मक विकासका माध्यमबाट अहिलेका विकसित तथा विकासशील राष्ट्रले विकास निर्माणमा प्रगति हासिल गरेको देखिन्छ । हरेक देशको विकास र प्रगतिमा युवाको योगदान नै प्रमुख हुने गरेको छ । यसबाट नेपाल युवा जनसाङ्ख्यिक लाभांशबाट फाइदा लिई समृद्धि र विकासको सुनौलो युगमा प्रवेश गर्नसक्ने अवसरको अवस्थामा रहे पनि राजनीतिक सङ्क्रमणका कारण देशको आर्थिक र सामाजिक क्षेत्रमा अपेक्षाकृत परिवर्तन हुन सकेको छैन । यो कूल जनसङ्ख्याको सर्वाधिक सक्रिय, उर्जावान् र गतिशील समूह हो । वि.सं. २०६८ को राष्ट्रिय जनगणना अनुसार नेपालको जनसङ्ख्याको १६ देखि ४० वर्ष उमेर समूहलाई हेर्दा यो कुल जनसङ्ख्याको ४०.३५ प्रतिशत छ |
युवा बर्ग राज्यको यस्तो एकमात्र अथाह स्रोत जसको सहि परिचालनले मुलुकका सामाजिक,राजनितिक र सास्कृतिक रुपान्तरणमा उथलपुथल ल्याउन सकिन्छ ,उनिहरुको साहास,सिर्जनात्मकता,उच्च आत्मबिश्वासको अदभूत शक्तिलाई केन्द्रमा राखेर बिकासको मुलधारमा समाहित गरि रास्ट्रनिर्माणमा होस्टे मा हैसे गराउन सके हाम्रोजस्तो बिकासोन्मुख मुलुकले बिकसित मुलुकको सुचिमा दर्ज हुन लामो समय नलाग्ने प्रमाणको रुपमा बिश्वका बिकसित मुलुकहरुमा युवा नेतृत्व ले खेलेको भुमिका र त्यसको परिणामलाई मान्न सकिन्छ |
तर समाजका विभिन्न भुगोल ,समाज,ब्यवस्था र प्रणालीबाट बिलङ्स गर्ने युवा जमातमा विभिन्न खालका समस्याहरु देखा परिरहेको बर्तमान अवस्थामा युवा स्वयम परिस्थितिको दास बनिरहेको स्वमुल्याङ्कन गर्छन | समजमा एकथरी युवा जमात छ जो हरेक क्षेत्रमा एकदमै क्रियाशिल र आशावादी छ तर यसको सङ्ख्या अत्यन्तै न्यून छ | भने अर्कोथरी युवा जमात फ्रस्टेड र चरम निराशाबादी छ भने यसको सङ्ख्या अत्यन्तै धेरै छ | अहिलेको परिबेशमा अधिकतमा युवाहरु पेसिमिस्टिक किन छन भन्नेबारेमा गम्भीर अध्ययन गरेर त्यसको सोलुसनको बाटो आजको अपरिहार्यताको बिसय हो | केही समस्याहरु र तिनका समाधानका उपायबारेमा बहस गर्नुपर्दा ।

(क) तुलना : युवाहरुले जब एउटा ब्यक्ती र अर्को ब्यतिबिच तुलना गरेर आफुलाइ तिनै दुई मध्ये एकको तुलोमा राख्छन आधारभूत गल्ती उनिहरुले त्यही बाट गर्छन यसको गम्भीर कारण हो हाम्रो समाज किनभने एउटा बच्चालाई बिद्यालय जान अगावै तिमिले भबिस्यमा यो बन्न पर्छ त्यो बन्न पर्छ भनेर रटान लगाइएको हुन्छ यो भन्दा अर्को भ्रमपुर्ण कुरा के हुन सक्छ?? प्रत्येक ब्यक्ती त्यही हुन्छ जे उसले हुनपर्छ ,मखमलिलाई सयपत्री हुने शिक्षा दिइनु मुर्खता सिवाय केही होइन मखमली मखमली नै हो सयपत्री सयपत्री नै | के कहिले कोहि कसैजस्तो हुन सम्भव छ र??जुन दिन शिक्षाले ब्यक्तिको निजि अस्तित्व र ब्यक्तित्वलाई स्वीकार गर्न सक्छ हो त्यही दिनबाट महान क्रान्तिको सुरुवात हुन्छ अनिमात्र हामी कसैमाथी आफ्ना बिचार लाद्ने होइन बरु उच्च सम्मानका साथ उभित्र लुकेको प्रतिभालाई प्रस्फुटित गर्न हातमा हात मिलाउछौ | यहाँ आदर्शका कारण मान्छेले मान्छेलाई हिंसा गरेको छ उसको इच्छा र आकाङ्क्षामाथी प्रतिबन्ध लगाएर दोस्रो मान्छेको इच्छा पुरागरिदिने सवालमा धेरै राम्रा सम्भावनाहरु समाप्त भएका छन ,प्रत्येकलाइ त्यही हुन दिनुपर्छ जेका निम्ति उ जन्मिएको छ | प्रत्येक मान्छेको जिवनमा आफ्नै महत्व र आवश्यकता हुन्छ तर बिडम्बना आजभोली ब्यतिको बिद्यमान महत्वाकांङ्क्षाको दौडमा पद र कार्यलाइ बढावा दिइदैछ र कागतिको बीउ छरेर सुन्तलाको अपेक्षा गरिदैछ भने कुरा स्वत छर्लङ्ग छ फल कस्तो लाग्छ भनेर | अत: महत्वपूर्ण कुरा के हो भने हरेक ब्यक्ती आफ्नै सौन्दर्यमा सार्वजनिक होस उसको फ्रकाइका बाधा नपुर्याइयोस अनि त्यसको सुवासलाइ फैलनबाट नरोकियोस यसो भएको खण्डमा कहिल्यै कहि कोहि निराश हुन पर्दैन |
( ख) भय :सन्सारमा भय भन्दा अर्को डरलाग्दो रोग छ जस्तो मलाई लाग्दैन | भय यस्तो घातक रोग हो जसले मानिसको आत्मालाई समुल नस्ट गरिदिन्छ र कुनैपनी परिवर्तनलाई नस्ट गरिदिन्छ ,यति मात्र होइन भयले मानिसलाई ज्ञात भित्र – भित्रै अल्मल्याइदिन्छ अनि अज्ञाततर्फको बाटो अवरुद्ध गरिदिन्छ | एउटा भयग्रस्त मान्छे यान्त्रिक हुन्छ अनि उ दास भन्दा बढी केही हुन सक्दैन | जुन समाजले मानिसलाई अभय सिकाउछ त्यो समाजले मात्र खास शिक्षा दिएको दिएको हुन्छ ,मान्छेले मान्छेसगै डराउनुपर्ने परिस्थिको निर्माण कसरी बन्यो ??आफुले गर्न लागेको कर्मप्रती अरुले के भन्ला ,मैले यो बिसयमाथी आफ्ना धारणा ब्यक्त गरेभने कस्तो सुनिएला,मैले स्कुल ,कलेज र विश्वबिधालयमा सेकेन्ड डिभिजन ल्याए भने साथिभाइले के भन्लान ,सङै पढेको मेरो साथी युरोपको नाम चलेको युनिभर्सिटीमा पढ्न गयो मैले यहिको युनिभर्सिटीमा पढ्दा साथिभाइ र समाजले के सोच्लान ,अन्यायका विरुद्धमा सडकमा एक्लै लडिरहदा को हास्यो या हासेन ,कस्ले समर्थन गर्यो या गरेन यी कुराहरुलाइ थाती राखेर फरक शिराबाट युवाबर्गलाई प्रशिक्षित गराउदै अबको स्कुलिङ ईर्ष्या र प्रतियोगिताको होइन प्रेमको हुनुपर्छ ,सहज र नैसर्गिक बिकासमा जोडबल गर्ने हुनुपर्छ |
( ग) बिलम्ब : यदि कोहि मान्छे हिंस्रक छ भने भोलि नि उ हिंस्रक नै रहन्छ तर उसको लक्ष्य चाहिँ अहिंसा हुन्छ किनभने उसले सधै भन्छ यो जन्ममा सम्भव भएन भने अर्को जन्ममा पक्कै अहिंस्रक बन्नेछु तर पनि उ हिंसा गरिरहन्छ नकि उ बर्तमानमा बाचिरहेको छ | हामी आजै सम्पादन गर्नुपर्ने सानोतिनो कुरालाई भोलिसम्म सार्न कुनै कन्जुस्याइँ गर्दैनौ भने लक्ष्यलाई भोलिका लागि भनेर पछाडी सार्यौ भने परिणाम हामिले सोचेभन्दा बिल्कुलै फरक आउछ र मानिस आजका निम्ति जस्ताको तस्तै रहन्छ | म के गर्न सक्छु र ?? मलाई त्यो थोक आउन्न त्यो थोक आउन्न ,मेरो गल्ती नै छैन ,मेरो मुद्दा नै होइन ,आज यो काम सम्भव नै छैन,त्यसका निम्ति फल्ना साधन या बस्तुको पर्याप्त मात्रामा उपलब्धता नै छैन त्यसैले भोलिको बिकल्प छैन भनेर कुरिरहने हो भने आखिर भोलि आउँछ त कहिले ??? यो सोचनिय बिसय छ |
( ग)लक्ष्य ओरियन्टेड सोचाइ :सबैभन्दा पहिला के कुरा बुझ्न जरुरि छ भने लक्ष्य त सुदुर भबिस्यको कुरा हो तर हामी बर्तमानमा बाचिरहेका छौ अनि लक्ष्य न कहिल्यै बर्तमानमा हुन्छ न हामी भबिस्यमा हुन्छौ | जब हामी जिवनको अन्तिम लक्ष्यलाई मात्र महत्व दिन्छौ तब हामी सङ्कटमा पर्छौ | आज र भोलिको मिलन कहिल्यै सम्भव नै छैन किनभने भोलि हुनासाथ आज भैहाल्छ अनि लक्ष्य फेरि भोलितर्फ मोडिन्छ र ब्यक्ती जिवनभर अपरिवर्तित भइ रहन्छ र जिन्दगीभर आफ्नो लक्ष्यसम्म पुग्ने हुटहुटिले पीडा दिइ रहन्छ |
( घ) महत्वाकांक्षी : मेरो बिचारमा सङ्गीत र अङ्ग्रेजीको शिक्षा सहपाठीलाई उछिन्नका निम्ति मात्र होइन , सङ्गीत सिक्न र त्यसको गहिराई सम्म पुग्नका खातिर सङ्गितप्रती बिशेश प्रेमभाव छ ,जसले प्रेमभाव राखेर सङ्गीत सिक्छ त्यहा प्रतिस्पर्धा हुदैन |डुब्नु र दौडनुमा ठूलो बिरोधाभाष छ किनभने दौडमा तनाब र थकान हुन्छ भने डुबाइम्स्स विश्राम | हरेक ब्यक्तिले आफ्नो रोजाइप्रती डुब्न सक्नुपर्छ दौडन होइन किनभने दौडमा प्रतिस्पर्धा हुन्छ प्रतिस्पर्धा आफैमा अत्यन्तै अराजक हुन्छ | समाजले ब्यक्तिको दौडलाइ जन्मपछी मैदानमा छोडिदिन्छ कक्षामा प्रथम हुनुपर्ने दौडदेखि प्रारम्भ भएको ब्यक्तिको दौड जिवनको अनन्तकालसङै मृत्युसम्म पुगेर टुंगो लाग्छ र यहि दौड ब्यक्तिभित्र प्रवेश गर्छ र यो यत्रतत्र सर्वत्र छ्याप्छ्याप्ती हुन्छ र यस्तो किसिमको दौडको अन्तिम गन्तव्य युद्धमा पुगेर टुङ्गिन्छ भने यसको मुल रुट नै अहंकार हो ,मान्छेलाई अहंकार सिकाइन्छ र त्यसको पक्षपोषण गरिन्छ र सधै प्रथम हुन प्रोत्साहित गरिन्छ भने त्यसले निम्त्याउने समस्या अत्यन्तै घातक हुन्छ |
( ङ) अब्यवस्थित सामाजिक सन्जाल: विश्व प्रबिधिको नयाँ कोर्समा इन्ट्री गरे लगत्तै प्रत्येक ब्यक्तिको हातहातमा सुचना र प्रबिधीका बस्तुहरु पुगे यो आवस्यक थियो र छ तर आफुसग भएको सुबिधाको उपदेयताको बारेमा बुझ्न न्सक्नु र नबुझाउनुले बिकराल समस्याहरुको जन्म भएको छ , उदाहरणका निम्ति एउटा बच्चा जन्मेको ६ महिनापछी देखि मोबाइल बिना खाना खान मान्दैन,अत्याधिक मानिसहरु फेसबुकको न्युजफिड स्कोल्ड गरेर दिन बिताइदिन सक्छन | तर यस भित्रका सम्भावनालाइ निर्क्यौल गरेर अगाडि वढे यसका अत्यन्तै सकारात्मक पक्ष भेट्न सकिन्छ | यसर्थ प्रबिधिको नयाँद्वारमा प्रबेश गर्दै गरेको बिश्वसमाज होस या उद्धमिताका सम्भावनाका अनेकौ पक्षहरुमा होस युवापुस्ताले पुरातन समाज र सोचाइ जसले सामाजिक सास्कृतिक रुपान्तरणमा प्रत्यक्ष र परोक्षरुपमा दीर्घकालीन रुपमा असर गर्छ भने रुपान्तरणका निम्ति ती बन्धनहरुलाइ भत्काएर नयाँ कोणबाट स्वदेशमै आफ्नो भबिस्य खोज्न जरुरी छ | समाज सर्वदा यथास्थितिमा बस्दैन तथापी समाजमा स्वतस्फूर्त रुपमा परिवर्तनको लहर नचल्ने भएको हुदा चलिआएका गलत प्रवृत्तिमाथी प्रश्न खडा गरि राजनितिक ,आर्थिक,सामाजिक एब सास्कृतिक सम्बन्धहरुको अन्तर्यलाई गहिरोसग बुझेर स्वबिबेकले सहि र गलत छुट्याएर समग्र भबिस्यको खाकाको तर्जुमा गर्नुपर्दछ |

१९९० पछि शुरु भएको एकात्मक राजतन्त्र तथा जहाँनिया राणाशासनको बिरुद्दको लडाइँ , गणतन्त्र स्थापनार्थका नीति १० बर्शे माओवादी आन्दोलन ,विश्व कोभिड महामारिको चपेटामा गुज्रिएको अवस्थामा राज्यले महासङ्कटलाइ कोभिडको पर्दा हालेर राज्यकोषको ब्रहम्लुटताका प्रदर्सन, पछिल्लो समय हजारौ सहिदहरुको रगतले लेखिएको संविधानको बलात्कार गर्न दुस्साहस गर्न खोज्ने केपि ओलिको प्रतिगमनका विरुद्धका आन्दोलनसम्म आइपुग्दा सम्म युवाको निर्णायक भुमिकाको अझ महत्त्वपूर्ण प्रस्ट हुन्छ | जहाँ युवाबर्ग सङ्गठित हुन्छ त्यहा अथाहा शक्ति सङ्गठित हुन्छ यदि यो शक्तिलाई कुन्ठित गर्न खोजिन्छ भने त्यसको विस्फोट हुन्छ र त्यसले सम्पुर्ण ब्यवस्थाहरुलाइ नै ध्वस्त गर्नसक्ने ल्याकत राख्दछ |
अत: तमाम युवाबर्गले भावना र आबेगमा बहकिन छोडेर माटो सुहाउँदो ब्यवस्थाको परिकल्पनाका साथ देशलाई अग्रगामी बाटोतर्फ डोर्याउने महान जिम्मेवारीलाई आत्मसात गर्दै निरन्तर संघर्षको मैदानमा उत्रिनुको अर्को बिकल्प छैन ,नेपथ्यको सत्य तथ्य केहो त्यसलाई राम्रोसग सयौ कोणहरुबाट विश्लेषण गरेर त्यसभित्रको यथार्थलाई बोध गरि अघि बड्नुपर्दछ | कुनै अमुक ब्यक्तिको ह्विपमा होइन आफ्नो चेतना र क्षमताको आधारमा परिचालित हुनुपर्छ ,रुपान्तरित समाजको रुपान्तरण सगै रुपान्तरित जनआकाङ्क्षा पूरा गर्ने अभिभारा हाम्रो भएको हुनाले कुनै कुलतमा नफसी देशको अर्थतन्त्र ,सामाजिक सम्बन्ध, सास्कृतिक परम्परा ,राजनितिक बागडोर सन्चालनका निम्ति नयाँ सोच अवधारणा र बिचारसङै हरेक क्षेत्रका नेतृत्वमा नयाँ अनुहारको तड्कारो आवस्यकताको परिपुर्ती हामिबाटै गर्नुपर्ने र भिड जम्मा गरेर शक्तिको परिभाषा घोकाएर समाजलाई प्रतिगमनतर्फ उन्मुख गराउन खोज्ने तत्वलाइ यदि भिड नै शक्ति हुन्थ्यो भने कौरवको नामबाट चिनिने महाभारतमा पाण्डवको बिजयको अध्याय पुनस्मृतिमा सेट गर्न झक्झक्याउदै बैचारिक र राजनीतिक रुपमा क्रान्तिको खाका कोर्दै शुशासन र समानताका पक्षमा आफ्नो अभिमत ब्यक्त गर्दै सम्मुन्नत नेपालको निर्माणमा सामेल हुने हो भने सबैको सुन्दर भबिस्य आफ्नै मातृभुमिमा छ |