फोहोर व्यवस्थापन जिम्मा निजी क्षेत्रलाई

काठमाडौं, २४ फागुन – सरकारले उपत्यकाको फोहोरमैला व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिने प्रारम्भिक सम्झौता गरेको छ । लगानी बोर्डले ‘नेप वेस्ट’ नामक संस्थालाई पहिलो चरणमा १० वटा नगरपालिकाको फोहोरमैला व्यवस्थापन जिम्मा दिने सम्झौता गरेको हो ।

बुधबार लगानी बोर्डका सीईओ महाप्रसाद अधिकारी र नेप वेस्टकी अध्यक्ष संगीता श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे । नेप वेस्टले ६ महिनाभित्र १० वटै नगरपालिकाको फोहोर संकलनको जिम्मा लिने जानकारी अधिकारीले दिए । ‘लामो प्रयासपछि फोहोरमैला व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिने सम्झौता भएको छ,’ उनले भने, ‘अब उपत्यका स्वच्छ र सफा हुन्छ ।’

प्रारम्भिक सम्झौता भएको ९ महिनामा नेप वेस्टले यससम्बन्धी आर्थिक प्रस्ताव पेस गर्नुपर्नेछ । त्यसका लागि आवश्यक परे ३ महिना थप्न सकिने सम्झौतापत्रमा उल्लेख छ । आजको कान्तिपुरमा खबर छ ।

kharпродажа одежды через интернетсоставитьсемантическоеauditorмакияж для голубоглазых блондиноканглийские песенки для самых маленьких

Leave a Reply

Your email address will not be published. Required fields are marked *