बाटोमै हरायो शिवालय पुनःनिर्माणको ‘ड्रइङ डिजाइन’

काठमाडौं, २४ फागुन – बाग्मती नदीको तीरमा चार शिवालय लहरै उभिएका छन् । एउटा शिवालय ढल्किएर लड्न लागेको छ । अर्को मन्दिर चिरा चिरा परेको छ । मन्दिरको ढोकामाथिबाट पातीको बोट उम्रिएको छ ।

यो विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रस्थित गौरीघाटको चार शिवालयको अवस्था हो । भूकम्प अघि नै जीर्ण भएर पुनःनिर्माण कुरिरहेको चार शिवालय अझै यस्तो दुरवस्थाबाट मुक्त हुन सकेको छैन । चार शिवालयसँगै जोडिएको सत्तलको अवस्था पनि उस्तै जीर्ण छ ।

जीर्ण सत्तलमा प्रहरी बिट राखिएको छ । पवित्र पशुपति क्षेत्रको बाग्मती किनारमा रहेको चार शिवालय र सत्तल परिसरको खाली ठाउँमा फोहरको डंगुर छ । सँगैको श्वेत सत्तल परिसरको अवस्था पनि यो भन्दा भिन्न छैन । मन्दिर परिसरमुनिको बाग्मतीमा चार दिनदेखि मरेको गाईको बाच्छाको बस्न नसकिने गरी दुर्गन्ध फैलिएको छ । आजको जनता पोस्टमा खबर छ ।

novosti.uaмилапосмотретьконтент этоанкоранасосы dab насосные станции

Leave a Reply

Your email address will not be published. Required fields are marked *