दुनै(डोल्पा) फागुन
डोल्पामा नगरपालिकाका दुईवटा कार्यालय रहेकाछन् ।यहाँको ठुलीभेरी नगरपालिकाको दुईवटा कार्यालय रहेकाहुन् ।
फागुन १६ गते दुनैमा रहेको उक्त नगरापलिकाको केन्द्र जुफाल सारिएको सुचना राजपत्रमा प्रकाशित भएपछि एउटा नगरको केन्द्र जुफाल सरेको हो ।
उक्त नगरपालिकाको केन्द्र आधिकारीक हिसाबमा १६ फागुन देखि जुफाल सरिसकेको वडा नं ९ का अध्यक्ष बिर्मल कुमार भण्डारीले बताए ।
उनले भने सेवा प्रवाह १६ फागुन देखिनै जुफालबाटै सुरु भईसकेको छ तपाईहरु झुक्किनु पर्दैन् ।अब जनताले जुफालबाटै सेवा पाँउछन् उनले थपे ।
यता उक्त नगरपालिकाका उप प्रम्ुाुख योगेन्द्र बहादुर शाहीको अध्यक्षतामा मंगलबार बेलुकी ८ पैतालिस बजे सदरमुकाम दुनैमा गरिएको जनप्रतिनिधि सहितको आकस्मिक पत्रकार सम्मेलनमा नगरको केन्द्र दुनैनै रहेकाले जनतालाई सेवा लिन अन्योलमा नपर्न आग्रह गर्नु भएको छ । झुक्कयाइ जनमतको अपहेलना गरिएको समेत उल्लेख छ ।
त्यसैगरि नगरप्रमुख गणेशबहादुर शाहीले जेष्ठ ३१ मा गरेको निर्णय जालसजाी र किर्ते भएकोले जुफालमा केन्द्र तोकिए पनि मान्य नरहेकोले मंगलबार कुल ५२ सदस्यको २७ जना सदस्यको बहुमतले नगरपालिकाको केन्द्र दुनैमा नै रहेको जानकारी गराउदै आजैका मितिबाट ठुलीभेरी नगरपालिकाको काम जनताले दुनैबाट नै पाउने निर्णय नगरसभालेको गरेको उप प्रमुख शाहीले पत्रकार सम्मेलनमा जानकारी गराए ।

नगरसभाको बैठक पछि पत्रकार सम्मेलन गरिएको हो ।
मंगलबार बेलुकी बसेको नगरसभाको बहुमत सदस्यहरुको बैठकले केन्द्र सारेको बिषयमा जालसाजी भनेर ३ वटा निर्णय गर्दै पत्रकार सम्मेलन मार्फत सार्वजानिक गरिएको छ ।
नगरसभाको बैठकले गरेको निर्णयमा भनिएको छ,असार ३१ गते नगरसभाको पहिलो बैठकमा गरिएको निर्णयमा नगरपालिकाको बिकासको लागि निर्णयहरु भएको र त्यसैमा बिना छलफल केन्द्र सार्ने निर्णय राखेर जनप्रतिनिधिलाइ झुक्कयाएको उल्लेख छ ।

नगरपालिकाको कार्यालय दुईठाउमा सञ्चालन हुदा कस्लाइ आधार मानेर जनताले सेवा लिने भन्ने पत्रकारहरुको प्रश्नमा उप प्रमुख शाहीले सरकारले राजपत्रमा प्रकाशित गरेको भए पनि नगरप्रमुख गणेशबहादुर शाही र कार्यकारी गोबिन्द सुनारले बहुमत सदस्यहरुलाइ जालझेल गरि किर्ते गरेको निर्णयले काम नगर्ने उनले बताए ।
उनले भने पुरानै दुनैबाट सेवा प्रवाह हुन्छ,ढुक्क भएर दुनैबाट सेवा लिन पर्ने र कर्मचारिहरुले पनि द्ुनैकै कार्यालयमा हाजिर हुनु पर्ने छ ।

सबै सदस्य जादा जनातको काममा समस्या आउने भएको कारण केहि सदस्यहरुको टोली कानुनी सहायता लिन केन्द्रमा जाने उप प्रमुख शाहीले पत्रकार सम्मेलनमा जानकारी दिए ।
एक साता देखि बन्द रहेको दुनै बजार बुधबार बिहान देखि खुल्ने भएको छ भने मंगलबार दिनभर बहुमत जुटाउन बिभिन्न छलफलमा जुटेका जनप्रतिनिधिहरुले साझ ७ बजे पछि मात्र बहुमतको निष्कर्ष निकालेको वडा अध्यक्षहरुले जानकारी दिए ।
सदरमुकाम दुनैमा रहेको उक्त नगरपालिकाको केन्द्र जुफाल सारिएपछि सदरमुकामबासी एकसाता देखि आन्दोलन रहेका थिए । केन्द्र सारेको बिरोधमा एकसाता देखि जारी आन्दोल कारण बन्द भएको दुनै बजार बुधवार देखि खुल्ने भएका छ ।
बन्दका कारण शैक्षिक स“स्था,बैङ्किङ कारोवार,दैनिक उपभोग्य बस्तुहरुको आपुर्तीमा,सरकारी तथा गैह्र सरकारी कार्यलयबाट प्रदान गरिने सेवा प्रवाह समेतलाई मध्येनजर राख्दै बुधबार देखि बन्द खुलाईएको संघर्ष समिति डोल्पाले जनाएको छ ।

बुधबार देखि बन्द खुलाईएपनि सांकेतिक आन्दोलि र बैचारिक आन्दोलनलाई जारी राखिने बताईएको छ ।जस अन्तर्गत शान्तिपुर्ण बिरोध सभा,हस्ताक्षर संकलन अभियान र कालो झन्डा प्रर्दशन लगाएतका सांकेतिक कार्यक्रम जारी रहेन आन्दोलन संघर्ष समितिका संयोजक हिक्मत शाहीले जानकारी दिए ।
उहा“का अनुसार छोटो अवधिमा आफुहरुको माग पुरा नभए पुनःआन्दोलनको स्वरुपमा परिबर्तन गरेर अनिश्चितकालीन बन्द गरिने समेत संयोजक शाहीले बताए ।
नगरको केन्द्र दुनै पुनःकायमहुनुपर्ने आफुहरुको माग पुरा नभएसम्म आन्दोलनलाई शसंक्त बनाई संघर्ष समितिका संयोजक शाहीले बताए ।
जुफालमा केन्द्र उद्घाटन तयारी
नगर केन्द्र जुफालमा आएपछि खुशियाली मनाई रहेका जुफालबासी भने नगरको केन्द्र उट्घाटनको भव्य तयारीमा जुटेका छन् ।
अन्र्तराष्ट्रिय महिला दिवसको अवसर पारेर नगरको केन्द्र उद्घाटनमा आफुहरु जुटीरहेको र तयारी अन्तिम चरणमा पुगेको वडा नं ९ का अध्यक्ष बिर्मल भण्डारीले बताए ।
उनका अनुसार नगरको केन्द्र जुफालमा सबैको पायक पर्ने भएको हु“दा सरकारले जुफालमा केन्द्र स्थापीत गरेर जनतालाई ठुलो राहत पु¥याएको छ ।
राजपत्रमा प्रकाशित नगरको केन्द्र जुफाल सरेको निर्णय अनुसार जुफालबाट सेवा प्रवाहहुने वा मंगलबारको नगरसभाको निर्णय अनुसार दुनैबाट हुनेहो भन्दै जनता अन्योलमा परेकाछन् ।сайт реклама вкstrana.in.uaжирные сайты размещения для ссылоксистема раскруткилучшие движки для сайтагидроаккумулятор насосной станции