मुआब्जा विवादले विद्युत् आयोजना प्रभावित

बागलुङ, २३ फागुन – जैमिनी नगरपालिकास्थित ठेउलेखोला जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा आएर रोकिएको छ । जग्गाको मुआब्जा विवादका कारण फागुनभित्रै नियमित विद्युत् उत्पादन शुरु गर्ने तयारी प्रभावित बनेको हो ।

बाँधदेखि विद्युत्गृहसम्मको दुई हजार ७०० मिटर पाइपलाइनअन्तर्गत १६ मिटरको विवादित जग्गामा मात्र पाइपलाइन जोड्न बाँकी छ । जग्गाधनी खगेश्वर शर्माले ‘अस्वाभाविक मुआब्जा’ मागेपछि काम रोकिएको निर्माण कम्पनी बाराही हाइड्रोपावर लिमिटेडले जनाएको छ ।

शर्माको दुई रोपनी ११ आना जग्गामा पाइपलाइन परे पनि चार रोपनी जग्गा आयोजनाबाट प्रभावित छ । शर्माबाट रु एक करोड पाँच लाख मुआब्जा माग भएको कम्पनीका अध्यक्ष एवम् इन्जिनियर सूर्यप्रसाद अधिकारीले बताए । अाजकाे हिमालय टाइम्समा खबर छ ।

kakrabotavnutri-firmтелеграммvacationАбсолютная ссылка вебпродвижение сайтов инструкция

Leave a Reply

Your email address will not be published. Required fields are marked *