निजामति प्रशासनमा सचिवदेखि शाखा अधिकृतसम्म अर्थका राम्रा क्याडरको अहिले पनि कमी छैन्। मात्र जसरी अहिलेको चुनौतीपूर्ण अर्थतन्त्रका लागि प्रधानमन्त्री केपी ओलीले डा. युवराज खतिवडामा अर्थमन्त्री म्याटेरियल देखे। सबै सिनियर ‘पोलिटिक्ल क्याडर’लार्ई पन्छाएर टेक्नोक्रयाटलाई ओलीले अर्थमन्त्री बनाए। 
 
ठीक त्यसैगरी अर्थमन्त्री खतिवडाले पनि अर्थ र राजस्व सचिव म्याटेरियल भएका  क्याडर खोज्नुपर्ने अवस्था छ। त्यो खोजाइ, त्यो छनोट सही भएमा उनी सफल अर्थमन्त्री बन्नका लागि चाहिने केही थोरै पिलरमध्ये यो एउटा पिलर हुनेछ।
 
जो दावेदार छन्
अर्थमन्त्रीलाई अहिले सबैभन्दा दुई बलिया सारथी चाहिएका छन्। ती हुन्, अर्थ सचिव र राजस्व सचिव। जुन पदलाई अर्थमन्त्रालय भित्र नम्वर वान सचिव र नम्वर टु सचिवका रुपमा चिनिन्छ।
 
अर्थ र राजस्व सचिव बन्नका लागि अहिले खतिवडाले प्रतिनिधी गर्ने दलका हाम्रा, त्यही दलका  हाम्रा भित्रका राम्रा र काविल गरेर तीन थरिका सचिवको चर्चा भैरहेको छ। 
 
त्यसरी चर्चा हुनेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत सचिव राजन खनाल,  प्रधानमन्त्री कार्यालयमा अहिले प्रधानमन्त्रीलाई नै ब्रिफ्रिङ गर्ने प्रेमकुमार राई,  पर्यटन सचिव कृष्ण देवकोटा र प्रदेश नम्वर ४ का प्रमुख सचिव लक्ष्मण अर्याल छन्।
 
खनाल अख्तियार जानु अघि अर्थ मन्त्रालयमा राजस्व सचिव थिए भने अर्याल अर्थका क्याडर हुन्। देवकोटाले केही समय अर्थमन्त्रालयमा विताएका थिए। राई भने अर्थका लागि नयाँ नाम हो। 
 
त्यसैगरी अर्थमन्त्रालयमा नम्वर टु सचिव शिशिर ढुङ्गाना पनि त्यहीं थमौतीका लागि लविङ गरिरहेका छन्। 

не подссылкаяндекrusiaobuvaikoраскрутка сайтов