पाकिस्तानी प्रधानमन्त्री भन्छन्- पाकिस्तानमा सार्क सम्मेलन हुन्छ, परिस्थिति बन्दैछ

 

काठमाडौं, २२ फागुन – नेपाल आएलगत्तै सैनिक सम्मान, प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुईपक्षीय तथा एकान्त वार्ता अनि रात्रिभोज सकेर पाकिस्तानका प्रधानमन्त्री शहिद खकान अब्बासी होटल हायात पुग्दा सोमबार रातको १० बजेको थियो ।

दुईघण्टादेखि प्रतिक्षारत नयाँ पत्रिकाकर्मीसहित चारजना सञ्चारकर्मीसँग क्षमा माग्दै उनले करिब १० मिनेट भ्रमणका बारेमा र बाँकी दश मिनेट प्रश्नोत्तरमा खर्चिए । प्रधानमन्त्री अब्बासीले पटकपटक राजनीतिक स्थायित्व र लोकतन्त्र सुदृढ गर्न सफल भएको भन्दै नेपाली नेतृत्वको तारिफ गरे ।

उनले भारत र पाकिस्तानको तनाबबीच रोकिएको सार्कको १९ औं शिखर सम्मेलन पाकिस्तानमै हुने र सहज परिस्थिति बन्ने विश्वास पनि व्यक्त गरे । नेपालले यसका लागि प्रयास गरोस् भन्ने अपेक्षा पनि घुमाउरो ढंगले सुनाए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्थमन्त्री डा. युवराज खतिवडाले स्वागत गरेका उनलाई सैनिक मञ्चमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरे । आजको नयाँ पत्रिकामा खबर छ ।

оодностраничный сайтиме зонев2влобановский александр игоревичшлепанцы мужские купить

Leave a Reply

Your email address will not be published. Required fields are marked *