जाजरकोट ः यहाँको जुनिचाँदे गाउँपालिका ७ निपाने स्थित रहेको पुतली आधारभुत विद्यालयका विद्यार्थीहरु कक्षा कोठाको अभावमा खुल्ला आकाश वसेर पढ्न वाध्य छन् । विद्यार्थी अनुपातमा कक्षा कोठा नहुँदा खुल्ला आकाशमा वसेर पढाउन वाध्य भएको विद्यालयले वताएको छ ।
सरोकारवाला निकायलाई पटक पटक आग्रह गर्दा पनि सुनुवाई नभएको विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष नैनसिंह घर्तीले बताए । कक्षा १ देखि ८ सम्म दुई सय पचास भन्दा वढी विद्यार्थी अध्ययनरत रहेको यो विद्यालयमा पाँच कोठामा १ देखि ८ कक्षा सम्मका विद्यार्थीहरु पढाउदै आएको विव्यस अध्यक्ष घर्तीले वताए । जसले गर्दा विद्यार्थीहरु विद्यालय अगाडिको खुल्ला आकाश बसेर पढ्न बाध्य छन् । विद्यार्थी विद्यालय जाँदा कापी किताबको साथमा आफू बस्ने बोरा र चगटि लिएर नियमित त्यसमा वस्दै आएको कक्षा ७ का छात्र रामवहादुर पुनले वताए । यसरी खूल्ला आकाशमा वस्दा कपडा दैनिक फोहोर हुदा समस्य हुँने गरेको पुनले वताए । विद्यालय वरिपरि स्थानीय बासीले घर र टहरा बनाएका कारण विद्यार्थीलाई खेल मैदानको समस्य भएको छ । धुलो को कारणले बिद्यार्थिहरु बिरामि हुने गरेको स्थानीय बासि राजेन्द्र रोकाले बताए ।
प्रधानाध्यापक मान बहादुर बुढाका अनुसार विद्यालयमा ५ वटा मात्र छन् । पानि परेको समयमा कक्षा कोठाको अभावमा कक्षा १ , २ का विद्यार्थीलाई एउटा कक्षामा राखेर पढाउने र कक्षा ३ ,४ का विद्यार्थीहरुलाई अर्को कक्षामा संगै राखेर पढाउने गरेको बताए । कक्षाकोठामा विद्यार्थी नअटेपछि विद्यार्थीलाई खुल्ला चौरमा राखेर पढाउनू पर्ने बाध्यता रहेको हो । कोठा अभाबकै कारण चर्को घाम लाग्दा, पानी पर्दा र शीतलहर चलेको समयमा विद्यालय बन्द हुनेगरेको छ । उता जिल्ला शिक्षा कार्यालय जाजरकोटका जिल्ला शिक्षा अधिकारी ललित बिक्रम सिंहले यो समस्याको बारेमा स्थानीयवासीले माग आउँदो वर्ष गरिने वताए ।Фильчаков прокурор харьковоптимизацияgoogle яндексofficeраскрутка сайтазубная клиника москва