तपाईँले पनि फेसबुकको मेसेन्जरमा यस्तो मेसेज पाउनु भएको होला। केही समय अघिदेखि फेसबुकमा यस्तो मेसेज खुबै सेयर भइरहेको थियो। केहीलाई त सम्झाएँ, बुद्ध नेपालमा जन्मेको हो हैन भनी प्रमाणित गर्ने गिनिज बुक हैन। ७५ हजारलाई सेयर गर्दैमा बुद्ध नेपालमा जन्मिएको प्रमाणित हुँदैन। बुद्ध हैन बुद्‍धु नेपालमा जन्मिएको भन्ने चाहिँ पक्कै प्रमाणित हुन्छ यसो गर्दा भनेको तर भेडा बुद्धि लागेपछि कसको के लाग्छ र।

नेपाल टेलिभिजनमा प्रसारण भएको यो प्रचारको भिडियो हेर्नुस् न

राजेश हमालदेखि निखिल उप्रेति, दीपक विष्टसम्मका चर्चित व्यक्तित्वहरु यो वाहियात काममा लागेको देखियो। कसले के भनेर उचालिदिए, हो-हैन विचारै गर्नुछैन।

डा भोला रिजाल भन्छन्- ७५ हजार जना टुँडिखेलमा भेला भएर बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने आवाज गुञ्जायमान गरौँ।

राजेश हमाल त अलि बौद्धिक लागेका कलाकार हुन्। तर महानायकको उपाधि पाएर फिल्म एउटा पनि नपाएपछि उनी पनि यस्तै हौवामा लागेछन्। उनले त्यो भिडियोमा भनेका छन्- राष्ट्र गौरवका लागि, बुद्ध भूमिका लागि। Buddha was born in Nepal.

गौतम बुद्ध नेपालमा जन्मिएका हुन्। युनेस्कोले प्रमाणित गरिसक्यो। अब ७५ हजार जना भेला भएर बुद्ध वाज बर्न इन नेपाल भनेर चिच्याउँदैमा राष्ट्र गौरव कायम हुन्छ? राजेश हमालले त्यति पनि बुझेनछन्।

यही हौवामा लागे अचेलका नयाँ ‘भगवान’- रवि लामिछाने पनि। ‘भूत प्रेतमा विश्वास गर्नु हुन्न भने यो हेर्नुहोस्, क्यामेरामै रेकर्ड भयो आवाज, सिंगो टोल त्रासमा’ लेख्दै युट्युबमा राखेर त्रास फैलाएर लास्टमा फुस्सा बनाउने नौटंकी देखाएका लामिछाने पनि गिनिज बुकमा लामो समय कार्यक्रम चलाएर रेकर्ड राखेका मान्छे हुन्। त्यो रेकर्ड राखेर खासमा केही भएन। बरु सीधा कुरा कार्यक्रम चलाउन थालेपछि नै उनी चिनिए।

सबभन्दा पहिला त के बुझौँ भने गौतम बुद्ध नेपालमा जन्मिएको सर्टिफिकेट गिनिज बुकले दिनुपर्दैन। गौतम बुद्ध हाल नेपालको भूभागमा पर्ने लुम्बिनीमा जन्मिएका हुन्। ७५ हजार जना उभिएर कराउँदैमा बुद्ध नेपालमा जन्मिएको हुने हैन।

कसले यो कार्यक्रम आयोजना गरेको रहेछ भनेर खोज्दै जाँदा थाहा भयो, विश्व कीर्तिमान परिषद् नामको एउटा संस्था रहेछ, त्यसको काम रहेछ। विश्व कीर्तिमान भनेको गिनिज बुक नामको एउटा संस्थाको एउटा किताबमा छापिने अनौठा अनौठा रेकर्ड हो। यसमा नाम छापिँदैमा देशको नाम रहने, देशलाई चिन्ने, देशको गौरव बढ्ने केही पनि हैन।

विश्वमा सबभन्दा लामो नाक कसको छ थाहा छ तपाईँलाई?
थाहा छैन त।

विश्वमा सबभन्दा धेरै बेरसम्म किताब पढ्ने को हो थाहा छ तपाईँलाई ?
थाहा छैन त।

अनि यस्तो रेकर्ड कसैको नाममा रह्यो भने देशलाई कसरी सबैले चिन्छ त? देशको गौरव कसरी बढ्छ त?

खासमा यो के खालको रेकर्ड गर्न खोजेको भनेर हेरेको त Most people reading aloud simultaneously – single location को रेकर्डको प्रयास रहेछ। यसअघि भारतमा आर्ट अफ लिभिङ फाउन्डेसनले ४६ हजार ६६० जनालाई राखेर कविता पढेर रेकर्ड राखेका रहेछन्। 

Most people reading aloud simultaneously – single location यसो भन्यो भने त मान्छे आउँदैनन्। अब के गर्ने त भन्दा ‘बुद्ध नेपालमा जन्मिएका हुन्’ भनेर गिनिज बुकमा रेकर्ड बस्छ भन्दिने। अनि त नेपालका भेडा बुद्धि भएकाहरुलाई पुगिगो। कुद्‍दै गइहाल्छन्। उभिन नसक्नेलाई दुई सय रुपैयाँको टिकट थमाइदिने, प्लास्टिकको कुर्सी दिइदिने। ५ हजार त्यस्ता आए भने १० लाख रकम उठिहाल्छ।

खासमा माघ २७ गते गर्न खोजिएको रहेछ यो कार्यक्रम। तर मान्छे भेला नहुने भएपछि रद्द गरियो। अनि फागुन १९ गते नयाँ मिति तोकेर नयाँ फन्डा रचिएको रहेछ।

जसलाई बुद्ध भनेको के हो थाहै छैन, गौतम बुद्ध भन्दा पहिले कति वटा बुद्ध यो संसारमा र नेपालमा जन्मिएका थिए भन्ने पनि थाहा छैन, बुद्धको शिक्षा के हो त्यो पनि थाहा छैन, बुद्धको शिक्षालाई बुझ्ने प्रयाससम्म पनि गर्दैन, यस्ताका लागि बुद्ध नेपालमा त के, उसकै जिल्लामा, उसकै टोलमा अझ उसकै घरमा जन्मिएको भए पनि के फरक पर्छ र।

बौद्ध अध्ययनमा लामो समय बिताएका वसन्त महर्जनले यही विषयमा एउटा गजबको दनक दिएर लेख लेखेका छन्। केही अंश हेरौँ-

बुद्ध र बौद्ध धर्मदर्शनप्रति खास कुनै लगाव नभएपनि यो वर्ग बुद्ध कहाँ जन्मेको भन्ने प्रसङ्गमा भने सा-है सम्बेदनशील भएजस्तो देखाउँछन् र यस सम्बन्धमा अब्बल दर्जाको राष्ट्रवादी भइटोपल्छन् । यस्तो लाग्छ, कसैलाई चटक देखाउनु छ, तर हेरिदिने कोही छैन भने उसले बुद्धको जन्मस्थलबारे बोलिदिनु मात्रै पर्छ, भलै वक्ता बुद्धका बारेमा अन्जान नै किन नहून्, यहाँ मान्छेको भीड लागि हाल्छ ।

हेक्का राख्नु पर्ने कुरा के हो भने, उक्त सिङ्गो कपिलवस्तु न भारतमा पर्दछ, न त नेपालमा नै । प्राचिन कपिलवस्तुको केही भूभाग वर्तमान नेपाली भूमिमा पर्दछ भने केही भूभाग वर्तमान भारतीय भूभागमा पर्दछ । यस सम्बन्धी विस्तृत अध्ययन भएको छैन पनि । केही भूभाग भारतमा परेकै आधारमा सिङ्गो कपिलवस्तु भारतमा रहेको वा केही भूभाग नेपालमा परेको मान्यता भारतीय पक्षको छ भने नेपाली पक्ष सम्पूर्ण कपिलवस्तु नेपाली भूभागमा परेको भ्रममा छ । यही आधारमा भारतीयले गौतम बुद्धलाई भारतीय भन्ने हुन् भने नेपालका केहीले लुम्बिनीको आधारमा र केहीले लुम्बिनी र कपिलवस्तु दुबै क्षेत्रको आधारमा नेपाली भन्ने गरेका हुन् । गौतम बुद्धले बुद्धत्व प्राप्त गरेपछिको अधिकांश समय वर्तमान भारतीय भूभागमा विचरन गरेको, बौद्ध धर्मको प्रसारप्रसार भारतबाटै अन्यत्र भएको तथा बौद्ध पुनर्जागरणपछि पनि भारतले यसबारे क्रेडिट लिँदै आइरहेको कुरा यहाँ स्मरणमा राख्नु पर्दछ । बुद्ध र बौद्ध धर्मका सवालमा भारतले प्राथमिकता दिंदै आएको समयमा नेपालका शासक तथा उनका आसेपासेहरु बौद्ध धर्मको विरुद्ध कतिसम्म लागिपरेको थियो भन्ने सन्दर्भमा भिक्षु भएकै आधारमा जेलमा कोच्ने, शासना दिने, देशनिकाला गर्नेलगायतका कर्तूतहरु गरेबाट छर्लङ्ग हुन्छ । ती शासकहरु बुद्धलाई बुद्ध भन्न चाहँदैनथे बरु ‘बाँडा देवता’ भनी होच्याउँथे । यस्तो अवस्थामा बुद्ध र बौद्ध धर्मलाई नेपालको सन्दर्भमा विश्वले कसरी हेर्छ भनेर सजिलै अनुमान गर्न सकिन्छ । उहिलेको कुरा खुइलियो नि भनेर तर्क गर्नेहरु पनि छन् तर यसै विषयवस्तुमा काम गरिरहेका हामीले त्यसमा तात्विक भिन्नता पाउन सकिरहेका छैनौं ।

  • बुद्ध र बौद्ध धर्मका सम्बन्धमा सामान्य जानकारी पनि नराख्ने वा नकारात्मक नै हुने तर “बुद्ध वाज बर्न इन नेपाल’ भनेरै हिड्न मन पराउनेहरुलाई नियाल्दा यस्तो लाग्छ, यी विचराहरुको आधा जीवन यही नारा फलाक्दै बित्छ र बाँकी आधा जीवन यसअघि नै बितिसकेको हुन्छ । विस्तृत पढ्न क्लिक गर्नुस्

продвижение региональных брендовпродвижение сайтов киевмаркетинг – этопродвижение в соц сетяхbravoil отзывыобучение на мальте