खाडी जाने कामदारमाथि थप आर्थिक भार

 

काठमाडौं, १९ फागुन – गल्फ को-अपरेशन (जीसीसी) ले नेपालमा रहेको गाम्का नेपाल खारेजी गरेको छ । गाम्का नेपालको खारेजी गरेपनि जीसीसीले साउदी, ओमन र बहराइन जाने कामदारको मेडिकल गर्ने पुराना १२ मेडिकल कम्पनीलाई मान्यता दिएको छ ।

जीसीसीले नेपालसँगै इन्डोनिसिया र श्रीलंकामा पनि गाम्काको खारेजी गरेको छ । तीन मुलुक जाने नेपाली कामदारसँग ५२ सय रुपैयाँ लिएर गाम्काले कामदारको स्वस्थ्य परीक्षण गर्दै आएको थियो । गाम्काको खारेजीसँगसँगै कामदारमाथि थप १० डलर आर्थिक भार पर्ने भएकाे हाे ।

नेपाली कामदारले अब यी तीन देश जानुअघि मेडिकल गर्नुपूर्व १० डलर क्रेडिट कार्ड मार्फत् अनलाइन भुक्तानी गर्नुपर्ने छ । पहिलाको जस्तै मेडिकल स्पिका लागि गाम्का नेपाल जानुपर्ने बाध्यता हटेपनि कामदारमाथि आर्थिक भार थपिएको हो । अाजको अन्नपूर्णमा खबर छ ।

nocturne vielublusmsоптимизация этоallkharkov.uaбиол сковородасмс оповещения

Leave a Reply

Your email address will not be published. Required fields are marked *