गोमा एयर विमान दुर्घटना ; खूल्यो                     यस्तो रहस्य

             -अग्निज्वाला

गोमा एयर विमान दुर्घटना ; खूल्यो यस्तो रहस्य

प्रतिकूल मौसमका कारण गोमा एयरको विमान सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल नजिक दुर्घटना भएको खुलेको छ ।

विमान दुर्घटनापछि गठित छानबिन आयोगले विमान दुर्घटना हुनुमा प्रतिकूल मौसम नै मुख्य कारण भएको प्रतिवेदन तयार पारी शुक्रबार सरकारलाई बुझाएको हो ।

सरकारले विमान दुर्घटनाको कारण खोजी गर्न नेपाल नागरिक उडड्यन प्राधिकरणका पूर्व महानिर्देशक त्रिरत्न मानान्धरको अध्यक्षतामा ५ सदस्यीय छानवीन समिति गठन गरेको थियो । समितिका सदस्य सचिव सुरेश आचार्यले मौसममा एक्कासी परिवर्तन हुँदा विमान दुर्घटना हुन गएको निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाइएको जानकारी दिए ।

एक्कासी मौसम प्रतिकूल भईदिँदा अवतरणको संवेदनशील क्षणमा पुगेको विमानलाई दुर्घटना हुनबाट जोगाउन नसकिएको छानबिन प्रतिवेदनमा उल्लेख गरिएको छ । गत जेठ १३ गते शनिवार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट उडान भरेको सो विमान तेन्जिङ हिलारी विमानस्थलको धावन मार्गमा नपुग्दै दुर्घटनाग्रस्त हुँदा चालक दलका २ जना पाईलट र कोपाईलटको निधन भएको थियो ।

seo планОсобенности перевозки груза в наше времячат для сайтаpr продвижениеАлександр Фильчаков прокурорfree live girl cams