एजेन्सी
बीबीसी , तपाईंलाई थाह छ नि भ्यालेन्टाइन डे के हो रु प्रेमको दिन।।। मेरो मतलब प्रेम प्रस्ताव गर्ने दिन । मैले अलिकति हच्किएर र अलिकति डराएर पातली एक महिलालाई सोधेँ ।

मोढेनुमाको ढुङ्गामा थाकेर हारेजसरी बसेकी त्यो महिलाका अनिदा आँखामुनि काला घेरा थिए र आँखाजस्तै अनुहार पनि भित्र पसेको थियो । सायद ऊ केही खाइरहेकी थिई, प्रश्न सुनेर एउटा कुनामा थुकेर बोली, ‘हो थाह छ, भ्यालेन्टाइन डे हो ।’

के तपाईंको कसैसँग प्रेम परेको छ रु तपाईंको जीवनमा कोही छ, जसले तपाईंलाई माया।।।

मेरो प्रश्न सकिएको नै थिएन, उनी बीचैमा नै बोलिन्, ‘कोठीवालीसँग कसले माया गर्छ मेडम रु कसैले हामीसँग माया गर्यो भने हामी यहाँ बस्छौँ र रु

यति भनेर उनले मलाई बस्न इसारा गरिन् र म उनको छेउमा जमिनमा नै बसेर कुराकानी गर्न थालेँ ।

सडकको किनारमा एकै ठाउँमा केही महिला अलिअलि टाढा बसेका थिए । गल्ली र मेन रोडको बीचमा अलिकति ठाउँ बचेको थियो जहाँ पैदल हिँड्नेहरू आइरहेका र गइरहेका थिए ।

म दिल्लीको जीबी रोडको त्यो क्षेत्रमा थिएँ जहाँ महिला यौन बेचेर दुई छाक खानाको बन्दोबस्त गर्छन् ।

यहाँ आउनुभन्दा पहिला अलिकति सम्हालेर र सतर्क भएर कुराकानी गर्न सल्लाह थिएका थिए । मैले पनि मेरो तर्फबाट पूरा सतर्कता अपनाएकी थिएँ ।

म के जान्न चाहन्थे भने जुन महिलासँग केवल यौनका लागि आउछन्, तिनको जीवनमा मायाजस्तो कुनै भावना हुन्छ अथवा हुँदैन । भ्यालेन्टाइन डेको प्रसङ्ग उनको आँखामा हल्का चमक ल्याउँछ अथवा ल्याउँदैन रु

यिनै प्रश्नले मलाई यी गल्लीसम्म लिएर आएको हो । मैले सोचेकी थिएँ, कुनै यस्तो ठाउँमा जाँदै छु, जहाँ रङ्गीबिरङ्गी झाल्लर र बत्तीहरू हुने छन् । जस्तो हिन्दी फिल्महरूमा देखाइन्छ तर त्यहाँ यस्तो केही देखिनँ ।

त्यो एक भीडभाड भएको क्षेत्र थियो, जहाँ हेर्दा सानो प्रहरी थाना, हनुमान मन्दिर र केही पसल देखिए । सोधपुछ गरेपछि एक जनाले गल्लीतर्फ इसारा गर्यो जहाँ एक मोटीघाटी महिला कम्मरमा हात राखेर उभिएकी थिई ।

म जति मुस्कुराउन सक्थेँ त्यति नै मुस्कराएर उनीहरूलाई भेटिरहेकी थिएँ, उनले यस्तो व्यवहार गरिन्, जस्तो उनीहरूलाई पहिलादेखि नै चिन्थँे । अलिकति कुरा कानीपछि उनी मलाई अन्य महिलासँग भेट गराउन राजी भइन् ।

जबसम्म छ बोटी मिलिरहने छ रोटी
यसरी मेरो भेटघाट ती पातली महिलासँग भयो, जसको प्रसङ्ग मैले माथि गरँे । कर्नाटककी यी महिलाको भनाइ के थियो भने उनले माया प्रेमका कुरा रद्दीको टोकरीमा फालिसकिन् ।

उनले आफ्नो अनुहारतर्फ इसारा गरिन र भनिन् ‘जबसम्म छ बोटी, पाइरहिने छ रोटी । हामीसँग एक आध घण्टाका लागि आउँछन्, इन्जोए गर्नका लागि बस किस्सा खतम ।’

कलकत्ताकी निशा पछिल्लो १२ वर्षदेखि यो पेसामा छिन् । उनले भनिन्– ‘उसो त लोग्ने मान्छे ठूलाठूला कुरा गर्छन् तर कसैको यति औकात छैन जसले हामीलाई माया गर्ने हिम्मत गरून् । कसैमा यति दम छैन, हामीलाई यहाँबाट हटाएर आफ्नो घरमा लैजाओस् ।’

के १२ वर्षमा उनले यहाँ कसैले प्रेम गरेको देखिनन् रु यसको जवाफमा उनले भनिन्, ‘देखेकी छु नि, मानिसहरू आउँछन् कसम वादा गर्छन् । विवाह गर्छन्, बच्चा जन्मन्छन् र केही वर्षपछि छोडेर जान्छन् ।’

माया पनि गरे, विवाह पनि।।।
३६ वर्षकी रिमाको कथा पनि यस्तै छ । उनी भन्छिन्– ‘तपाईंले सोध्नु भएकाले भनिरहेकी छु । मैले मया गरेकी थिएँ । आफ्नो ग्राहकसँग । हामीेले विवाह पनि गरेका थियौँ, हाम्रा तीन बच्चाहरू पनि भए ।’

रिमाले विवाहपछि उनको जीवन सुध्रने छ भन्ने सोचेकी थिइन् तर नराम्रो भयो । उनी सम्झन्छि, ‘ऊ रातदिन रक्सी र ड्रग्सको नशामा झुत्तिरहन्थ्यो । मलाई पिट्थ्यो । यो सबै मैले सहेँ तर छोराछोरीलाई पनि पिट्न सुरु गर्यो ।’

अन्त्यमा रिमाले हैरान भएर त्यससँग भिन्न हुने निर्णय गरिन् र पुनः त्यही कोठीमा आइन्, जहाँबाट उनलाई सधैँका लागि निकाल्ने प्रतिबद्धता गरेको थियो ।

हाम्रा कुराकानी भइरहेका थिए, एउटी महिलाले मलाई त्यहाँ बनेको माथिल्लो कोठामा जाऊँ भनिन् ।

उसले भनिन्, ‘मेडम तपाईं माथिको कोठामा जानुहोस् । धेरै केटीहरू पाइन्छन् । तपाईंलाई देखेर यहाँ मानिस जम्मा भइरहेका छन्, यो ठीक होइन् ।’

बन्द, अँध्यारो कोठा
एकछिन सोचेर म माथि बनेका कोठामा जानका लागि अग्लाअग्ला सिँढी चढ्न थालेँ । दोस्रो तलामा पुगेपछि अचानक अँध्यारो भयो ।

म कराए यहाँ त अँध्यारो छ । कसैले तलबाट भन्यो– ‘मोबाइलको लाइट बालेर जानुहोस् ।’

हिम्मत गरेर मैले मोबाइलको लाइट जलाएँ र चौथो तलामा पुगे, त्यहाँ पुगेर मैले आफूलाई १०–१२ केटीहरूको बीचमा पाएँ ।

केहिले जिन्स टिसर्ट लगाएकी थिइन्, कोही सारीमा, कोहीले स्पेगैटी र तौलियामा थिए ।

तपाईंले फोनमा रेकर्ड त गरिरनु भएको छैन रु तपाईंले क्यामेरा लुकाउनु भएको छैन रु फोटो त खिचेको त छैन रु एकै पटक कैयौँ प्रश्न सोधे । मैले छैनमा टाउको हल्लाएँ र माहोललाई हेर्ने कोसिस गरँ ।
त्यहाँ ससाना कैयौँ कोठाहरू थिए, केहीमा पुरुष पनि थिए । एक पुरुष लक्ष्मी र गणेशको मूर्तिमा अगरबत्ति जलाइरहेका थिए, एक कपमा चिया खाइरहेका थिए ।

भारतमा वेश्यालय
त्यहाँ कुनै केटी राजस्थान र कुनै पश्चिम बङ्गालबाट आएका थिए भने कोही मध्यप्रदेशबाट र कोही कर्नाटकबाट । मलाई ती साना कोठामा एक सानो भारत नजर आयो । ती सबै केटी मलाई आफ्नै जस्ता लागे ।
यस्तो सोच्दासौच्दै मैले आगो तापिरहेकी केटीलाई सोधँे– के तिमी कसैलाई माया गर्छौ रु के तिम्रो जीवनमा कुनै स्पेसल छ रु

उनी हाँसेर बोलिन्– ‘अहिले त कसैले माया गर्छु भने पनि भरोसा गर्दिनँ । पैसा दिनु केही समय साथ बस्नु र जानु तर हामीलाई मायाको झुटा सपना नदेखाऊ ।’

उनी निरन्तर बोल्दै गइन्, ‘एक जना थियो, मलाई मायाप्रेमका कुरा गथ्र्यो र पछि मायाको बहनामा पैसा माग्न थाल्यो । यसरी कसैले माया गर्छ र रु

छेउमा उभिएकी एउटीले भनिन्, ‘मेरो एउटा छोरा छ, म त्यसैलाई माया गर्छु । उसो त म सलमान खानलाई माया गर्छु । उसको कुनै फिल्म आएको छ र रु

यति भन्दाभन्दै उनी अचानक जोरजोरले बोली, माथि माथि माथि म डराएर यता उता हेरँे । उनी हाँसिन् र भनिन् ‘केही होइन मेडम, सायद कुनै कस्टमर थियो । उसलाई माथि बोलाइरहेको थियो । यही हो हाम्रो जीवन । तपार्इंले मलाई गलत प्रश्न सोध्नुभयो ।’

मैले कुनामा उभिएको अर्को केटीसँग कुरा गर्न चाहेकी थिएँ, जो चुपचाप हाम्रा कुरा सुनिरहेकि थिइन् । उनी भएको ठाउँमा गएँ, उनी पछाडि फर्केर भनिन्– ‘बाथरुम खाली भयो । म नुहाउन जान्छु । शिवरात्रीको वर्त हो मेरो ।’ यति भनेर गइन् । कुरा गर्दागदै समय धेरै बित्यो । म भारी मनले अँध्यारा सिँढीहरूबाट झरँे । यति महिलामध्ये कुनै पनि यस्तो पाइन, जसको जीवनमा माया प्रेम होस् ।

यिनै ख्यालमा भरिएर म भीडभाड भएको सडकमा पर्किएँ । छेउको कुनै पसलमा गीत बजिरहेको थियो– बन जा तुँ मेरी रानी, तैनु महल दवा दुङ्गा ।индию визаrussia top attractionsчто такоеwhite nights st petersburg 2016транспортная компания международные перевозкигде разместить статью для продвижения сайта