बालक र बालिका लुक्दै गरेको यो फोटो तपाईँले धेरै ठाउँमा देखिसक्नुभयो होला। फोटोसँगै सिरियामा भएको युद्धबारे पनि उल्लेख हुन्छ। यो भाइरल फोटोको सत्य पत्ता लगाउन केही समय इन्टरनेट चहार्दा थाहा भयो, यो फोटो त ३ वर्षअघि नै इन्टरनेटमा देखिएको रहेछ।

बीबीसीको शनिबारको समाचार अनुसार सिरियाको विद्रोही नियन्त्रित पूर्वी गुटा क्षेत्रमा जारी हवाई आक्रमणमा विगत एक साताको अवधिमा पाँच सय जना भन्दा बढीको ज्यान गएको अनुगमनकर्ताहरूले बताएका छन्। मारिनेहरू मध्ये एक चौथाइ बालबालिकाहरू रहेको उनीहरुको भनाइ छ।

यही समाचारसँगै सम्बन्ध जोड्ने गरी यो फोटो भाइरल बनेको हो। तर केही समय इन्टरनेटमा खोज्दा देखियो, यो अहिलेको हैन, पुरानो फोटो रहेछ।

उदाहरणका लागि यो फोटोसहितको ट्विट २०१५ को फेब्रुअरीमा नै भइसकेको देखिन्छ

यो वेबसाइटमा पनि यो फोटो २०१५ मै आएको देखिन्छ-

रेड्डिटमा पनि यो फोटो एक वर्षअघि नै आएको देखिन्छ।

तीन वर्षअघि नै यो फोटो इन्टरनेटमा देखिए पनि कसले खिचेको र कहाँ खिचेको भन्नेबारे यकिन जानकारी भने मैले इन्टरनेटमा भेटिनँ। पछिल्लो पटक ट्विटरमा यो फोटो भाइरल गर्ने काम भने यो ह्यान्डलले गरेको देखियो-

यो लेख्दासम्म साढे ५ हजार पटक यो रिट्विट भइसकेको छ जबकि माथि तीन वर्षअघि यही फोटो राखी गरिएको ट्विट ६ पटक मात्र रिट्वविट भएको छ।

निश्कर्ष :
सिरियामा अहिलेको युद्धमा बालबालिकाहरु प्रभावित भएका छन्। यो खबर सत्य हो। तर फोटो अहिलेको हैन, फोटो कम्तिमा पनि तीन वर्ष पुरानो हो।

рекламвиз центр греции в москве официальныйseo продвижение чайников дляsamsung камерофонспиннинг ультралайт купить киевфортепиано или пианино