काठमाडाै । अहिले निगमसँग आन्तरिकतर्फ ३ ट्विनअटर र ६ वटा चिनियाँ जहाज छन् । त्यसमध्ये २ ट्विनअटर र ३ वटा चिनियाँ (२ वटा एमए६० र एउटा वाई१२) मात्र चलिरहेका छन् । हालै भित्रिएका २ वाई१२ जहाजका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अझै उडान अनुमति प्राप्त नभएको तथा भन्सारसमेत क्लियरेन्स नभएको महाप्रबन्धक कंसाकारले जानकारी दिएका छन् ।

एउटा वाई १२ जहाज भने इन्जिन मर्मतका लागि क्यानडा पठाइएको उनले बताए । अन्तर्राष्ट्रियतर्फ भने निगमसँग २ वटा न्यारोबडी एयरबस३२० र एउटा बोइङ७५७ जहाज उपलब्ध छन् ।

आवश्यक २३ अर्ब: एयरबसले सन् २०१८ का लागि सार्वजनिक गरेको मूल्यअनुसार एउटा ए–३२० जहाजको मूल्य १० करोड १० लाख डलर (अर्थात् झन्डै १० अर्ब १० करोड रुपैयाँ) पर्छ ।

यसअनुसार २ एयरबस ३२० को बजार मूल्य २० अर्ब २० करोड नेपाली रुपैयाँ पर्छ । भाइकिङ ट्विनअटर जहाजको विद्यमान बजार मूल्य ७० करोड रुपैयाँ छ । सोअनुसार ४ वटा जहाज खरिद गर्न २ अर्ब ८० करोड रुपैयाँ आवश्यक पर्छ । ६ वटा जहाज खरिद गर्न निगमले विद्यमान बजार मूल्यअनुसार २३ अर्ब २० करोड रुपैयाँ जोहो गर्नुपर्नेछ ।

४३ पाइलट माग
२ वाइडबडी जहाज ए३३० भित्रने मिति नजिकिँदै गर्दा नेपाल एयरलाइन्सले एकैपटक ४३ पाइलट माग गरेको छ । यसमध्ये वाइडबडी जहाज उडाउन ६ जना क्याप्टेन र ६ जना को–पाइलट मागिएको छ ।

यसबाहेक न्यारोबडी ए३२०, बोइङ–७५७, एमए६०, वाई१२ जहाज उडाउन पाइलट तथा को–पाइलट माग गरिएको निगमले जानकारी दिएको छ ।

निगमले हालै ११ जना को–पाइलट भित्र्याइसकेको छ । निगमका दुई वाइडबडी जहाज जेठ-असारसम्म नेपाल ल्याइसक्ने योजना छ । यी जहाजबाट तत्काल जापान, दक्षिण कोरिया र साउदी अरेबियामा उडान थालिने र त्यसपछि क्रमशः गन्तव्य थप गर्दै जाने योजना निगमको छ ।гуглрекламыпушок прокурорпроверка ns записейsochi russiaкак получить вид на жительство в польше