काठमाडौं, फागुन 
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना भएको दुई बर्ष दुई महिनामा भूकम्प अति प्रभावित १४ जिल्लाका ७० प्रतिशतभन्दा बढी लाभग्राही निजी आवास पुनर्निर्माण प्रक्रियामा संलग्न भएका छन् ।
प्राधिकरणको फागुन १४सम्मको तथ्याङ्कअनुसार भूकम्प अतिप्रभावित १४ जिल्लामा१ लाख २ सय ३६ घरको पुनर्निर्माण सम्पन्न भएको छ र ३ लाख ३२ हजार ३ सय २१ घर पुनर्निर्माण भइरहेको छ ।
अति प्रभावित १४ जिल्लाका कुल ६ लाख ६७ हजार ६ सय ६२ लाभग्राहीमध्ये ६ लाख १० हजार ५ सयसँग अनुदान सम्झौता भइसकेको छ ।
पाँच बर्षको कार्यादेशसहित सरकारले २०७२ पुस १२ गते स्थापना गरेको प्राधिकरणले निजी आवास पुनर्निर्माणलाई पहिलो प्राथमिकतामाराखेर काम गरिरहेको छ । यही अनुपातमा निजी आवास पुनर्निर्माणको काम अघि बढे आगामी बर्खाअघि करिब ६० प्रतिशत पुनर्निर्माण भइसक्ने प्राधिकरणको आंकलन छ । 

ती जिल्लामा रहेका कुल १ लाख ४३ लाभग्राहीमध्ये अनुदान सम्झौता भएका ९० हजार ८ सय ५० को पछिल्लो तथ्याङ्क आउने क्रममा रहेको सूचना व्यवस्थापन तथा संचार शाखाका प्रमुख मनोहर घिमिरेले जानकारी दिनुभयो ।

sitesсообщения бесплатноwww.otzywy.comvestiua.comtwitter социальная сетькастрюли и сковородки