वाम गठबन्धनका सुत्रधार वामदेव गौतमले चुनाव हारेपछि अहिले नेपाली राजनीतिमा यो चर्चाको विषय बनेको छ । त्यसो त अर्का सुत्रधार नारायणकाजी श्रेष्ठले पनि चुनाव हारेका थिए तर, उनी ‘हेभिवेट’ सँग पराजित भएकाले आश्चर्य मान्नुपर्ने धेरै कारण छैनन् । स्थानीय तह निर्वाचनलाई हेर्दा एमाले–माओवादीको गरी वामदेवको क्षेत्र बर्दिया १ मा कांग्रेससँग ठूलै मतान्तर थियो । तर, त्यो वामदेवको जितका लागि प्रयाप्त भएन । उनको हारसँगै वामदेवलाई कसरी संसदमा ल्याउने भन्ने बहस सुरु भएको छ । एमालेमा मात्र होइन माओवादी अध्यक्ष प्रचण्डसमेत उनलाई संसद छिराउने पक्षमा छन् ।

वामदेवको संसद पस्ने बाटो
पूर्वप्रधानमन्त्रीसमेत भइसकेका एमाले बरिष्ठ नेता झलनाथ खनाललाई राष्ट्रपति बनाएर वामदेवलाई संसद छिराउने बाटो सबैभन्दा सहज देखिएको छ । खनाल राष्ट्रपति बनेका उनको क्षेत्रबाट वामदेवलाई उठाउने र उनले चुनाव जित्ने आँकलन एमालेभित्र छ । यसका माओवादीको एक पंक्ति पनि सकारात्मक छ । तर, एमाले अध्यक्ष केपी ओलीले विद्या भण्डारीलाई नै राष्ट्रपतिमा दोहर्याउन चाहेकाले यो कति सम्भव होला भन्ने चर्चासमेत छ । ओलीलाई यसो गर्न नदिन प्रचण्डमार्फत प्रेसर बढाउने कार्यमा वामदेवनिकट नेताहरु लागिरहका छन् ।
उता एक पक्ष भने माधवकुमार नेपाल राष्ट्रपति हुनुपर्ने अडानमा छ । त्यसो त माओवादीसँग पार्टी एकता भएको खण्डमा नेतालाई कसरी समायोजन गर्ने भन्ने विषय उठिरहेका बेला माधव नेपाल राष्ट्रपतिको आकांक्षी हुनु अस्वभाविक होइन । तर, नेपाल राष्ट्रपति भएमा उनको क्षेत्र काठमाण्डु ४ बाट वामदेवलाई उठाउँदा उनले जित्नान् त ? भन्ने प्रश्न छ । त्यसैले एमालेमा कसलाई कसरी समायोजन गरेर लाने भन्ने बहस चल्न थालिसकेको छ । एक एमाले नेताले सँग भने, ‘कमरेड ओली प्रधानमन्त्री हुने निश्चित भइसक्यो । यसअघि उहाँ प्रधानमन्त्री हुँदाजस्तो पार्टीबाटै सरकार विरोधी गतिबिधि हुने खालको निर्णय उहाँबाट नहोस् । अब उहाँले सबैलाई मिलाएर लानुपर्छ । वामदेव कमरेडको विषयमा उहाँको नाम पनि जोडिएकाले त्यो शंका हटाउने उहाँको भूमिका के हुन्छ हामी त्यसको पर्खाइमा छौँ ।’

पार्टी एकताबाट ओली प्रधानमन्त्री र प्रचण्ड अध्यक्ष हुने भएपछि वामदेव प्रचण्ड खेमामा जाने धेरैको बुझालाई छ । त्यसैले एक पक्ष हारेको मान्छेलाई संसद छिराउने काम गर्न नहुने तर्क राख्छ । तर, एमालेको अहिलेको परिणाम आउनुमा वामदेवको भूमिका मुख्य भएकाले ओलीले त्यसलाई भुन नहुने धेरैको तर्क छ । तर, अहिलेसम्मको उत्तम बिकल्प भनेको झलनाथलाई राष्ट्रपति बनाएरु उनले ठूलो मतान्तरले जितेको इलाम १ बाट वामदेवलाई उठाउने नै हो ।

मन्त्री हुने बाटो
अर्को बाटो भनेको राष्ट्रिय सभाको सदस्य बन्ने हो । राष्ट्रिय सभामा तीन जनालाई सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक प्रावधान छ । प्रतिनिधिसभामा हारेको व्यक्त पनि राष्ट्रिय सभाको सदस्य बन्न सक्छ । हारेको व्यक्ति संविधानको धारा ७८ बमोजिम मन्त्री हुन नपाउने भए पनि धारा ७६ बमोजिम राष्ट्रय भसा सदस्य हुँदै मन्त्री बन्ने बाटो खुला छ । उनीहरु प्रधानमन्त्री बन्न प्रतिनिधिसभाकै सदस्य हुनुपर्ने भएपनि उपप्रधानमन्त्री भने बन्न सक्छन् । यसरी नारायणकाजी श्रेष्ठको बाटो पनि खुला छ ।

 позиция сайта в поискеnikmediafinancial moneymover.uzраскрутка сайтовСлужба экспресс-доставки