फोरमलाई सरकारमा सहभागी गराउन आज सहमति’

काठमाडौं, १६ फागुन – संविधान संशोधन सुनिश्चित गरेर संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउन आज सहमति हुने एमाले नेता सुवास नेम्वाङले बताएका छन्  ।

सोमबार सत्तारुढ दल र फोरमबीच भएको छलफल निष्कर्षउन्मुख रहेको र आज सामान्य छलफलपछि सहमतिपत्रमा हस्ताक्षर हुने नेम्वाङले बताए  । ‘फोरम सरकारमा जानेबारे छलफल निष्कर्षउन्मुख भएको छ  । बुधबार करिब एक घन्टा छलफल भएर सहमति हुनेछ,’ नेम्वाङले भने, ‘संविधानको कुन–कुन विषय संशोधन गर्ने सहमति दुवै पक्षले मस्यौदा बनाएर बुधबार टुंग्याइनेछ  ।’

आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न एमाले विगतदेखि नै लचक रहेकाले फोरमसँग सहमतिनजिक पुग्न सहज भएको पनि उनले बताए । फोरमले कति र कुन मन्त्रालय पाउने टुंगो पनि आजै लाग्नेछ । प्रधानमन्त्री ओली र फोरम अध्यक्ष उपेन्द्र यादवले यो विषय टुंग्याउनेछन् ।

फोरम सरकारमा सहभागी हुने विषयमा मंगलबार एमाले नेता नेम्वाङ र फोरमका राजेन्द्र श्रेष्ठ तथा रामसहाय यादवबीच छलफल भएको थियो  । आजको नयाँ पत्रिकामा खबर छ ।

сайтасозданиетелефона ddosпроверить тиц и пр сайтаjackall mag squad 128 sp купитьturmond

Leave a Reply

Your email address will not be published. Required fields are marked *